Thursday, October 3, 2013

नेताहरूमा आत्मविश्वासको कमी

राजनीतिक दलका प्रमुख नेताहरू निर्वाचनमा दुई÷दुई क्षेत्रबाट चुनाव लड्ने प्रवृत्ति बढ्दै गएको छ । अघिल्लो संविधानसभा चुनावमा जम्मा चार जना नेता दुई÷दुई क्षेत्रबाट लडेका थिए, यसपटकको निर्वाचनमा अहिलेसम्म घोषित उम्मेदारको सूचीमा ११ जना नेता दुई÷दुई क्षेत्रबाट चुनाव लड्ने भएका छन् । यसस“गै प्रमुख दलका आफूलाई प्रभावशाली भन्ने नेताहरूसमेत समानुपातिक सिटमा उम्मेदवार हुने गलत प्रवृत्तिसमेत बढेको छ । अघिल्लो संविधानसभा चुनावमा भन्दा यसपटक विभिन्न पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरू ठूलो संख्यामा समानुपातिक सिटमा उम्मेदवार भएका छन् । प्रमुख नेताहरू नै दुई÷दुई क्षेत्रमा उठ्नु र समानपातिक सिटमा बस्नुले उनीहरूमा आ–आफ्ना क्षेत्रका जनताको विश्वास जित्न सक्छु भन्ने आत्मविश्वास नै नरहेको प्रतीत हुन्छ ।
यसले गर्दा अघिल्लो संविधानसभाबाट संविधान निर्माण गर्न असफल भएका नेताहरू पुनः जनतामा जान डराएका कारण कोही दुई÷दुई क्षेत्रमा चुनाव लड्न लागेको र कोही भने समानुपातिक सिटमा बसेको सन्देश गएको छ । ठूलो संख्यामा दुई÷दुई क्षेत्रमा चुनाव लड्नाले एकातिर निर्वाचन खर्च बढ्छ भने अर्कातिर अनावश्यक रूपमा निर्वाचन खर्चसमेत बढाउ“छ । दुई÷दुई क्षेत्रबाट जित्ने नेताले छाड्ने सिटमा पुनः चुनाव गराउनुपर्ने हुन्छ । जसले गर्दा दलहरू संविधानसभाबाट छिटो नया“ संविधान निर्माण गर्न लाग्नुपर्नेमा पुनः उपचुनावमा समय व्यतीत गर्नुपर्ने हुन्छ, फलस्वरूप संविधानसभाबाट संविधान निर्माण कार्य थाल्न ढिलाइ हुन्छ ।
अन्तरिम संविधानमा पिछडिएको क्षेत्र, वर्ग, शोषित र उत्पीडित समुदायलाई संविधानसभामा अनिवार्य प्रतिनिधित्व गराई संविधान निर्माण गर्न नै समानुपातिक सिटको व्यवस्था गरिएको हो । दलका प्रमुख नेताहरू नै समानुपातिक सिटमा उम्मेदवार भएर संविधानको मर्ममात्र लत्याएका छैनन् कि सामाजिक र आर्थिक रूपमा पछाडि परेका सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व खोस्नु लज्जास्पद कार्य हो, यसको जति आलोचना गरे पनि कम हुन्छ । अघिल्लोपटक संविधानसभाबाट संविधान बन्न नसकेकामा निराश र आहत भएका आमजनता यसपटक संविधानसभाबाट जति सक्दो छिटो संविधान बनोस् भन्ने चाहन्छन् । संविधानसभाबाट छिटो संविधान निर्माण गर्न मुख्य दलका प्रमुख नेताहरू संविधानसभामा पुग्नु अपरिहार्य हुन्छ, त्यसैका लागि प्रमुख दलका नेताहरूले दुई÷दुई क्षेत्रबाट चुनाव लडेका हुन् भने त्यसलाई अस्वभाविक रूपमा लिनुहुन्न । तर, एउटा क्षेत्रमा मात्र उठ्दा हारिने डरले दुई÷दुई, त्यो पनि सुरक्षित क्षेत्र खोजेको हो या आफ्नो राजनीतिक वर्चस्व र पहु“च देखाउन दुई÷दुई ठाउ“बाट लड्न लागेको हो भने त्यो राजनीतिक बेइमानी र संविधानसभाप्रति नै गम्भीर धोकाधडी हो । यस्तो संस्कारले संविधानसभाबाट छिटो संविधान निर्माण गर्न बल पु¥याउ“दैन । तसर्थ छिटो संविधान बनोस् भन्ने जनताको चाहना र भावनालाई कदर गरी दुई÷दुई क्षेत्रमा उठ्न खोज्ेन नेताहरूले आफ्नो गलत निर्णयमा पुनर्विचार गर्नै पर्छ । संविधान निर्माण गर्नुपर्ने बेलामा मुलुक र दलहरू उपनिर्वाचनका नाममा अल्मलिने अवस्था आउन नदिन सबै नेताले एक÷एक ठाउ“मा चुनाव लड्ने साहसिक र सामयिक निर्णय गर्नुपर्छ । बरु दलहरूले संविधान निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रमुख नेताहरूलाई संविधानसभामा पु¥याउने मैत्रीपूर्ण राजनीतिक वातावरण बनाउनु उपयुक्त हुन्छ । त्यसका लागि सबै मुख्य दलले एक–अर्को पार्टीका प्रमुख नेताहरू उठेको क्षेत्रमा आफ्नो पार्टीबाट उम्मेदवारी नदिएर या कमजोर उम्मेदवार उठाएर राजनीतिक सौहार्दता देखाउन सक्छन् । दलहरूबीच यस्तो विश्वास र आपसी सहयोगको राजनीतिक वातावरण बन्न सकेमा मात्र संविधानसभाबाट जनअपेक्षाअनुरूपको संविधान निर्माण गर्ने उपयुक्त राजनीतिक माहोल बन्न सक्छ । नेताहरूमा चुनावका समयमा आफ्नो वर्चस्व देखाउने तुजुक या जनतामा जान आत्मविश्वासको कमी दुवै कुराले संविधान निर्माण गर्न मद्दत पु¥याउ“दैन भन्ने यथार्थ सबै दलले समयमा बुझ्नु अपरिहार्य छ ।

No comments:

Post a Comment