Thursday, October 24, 2013

आगामी हिउँदमा लोडसेडिङ १२ घन्टामात्र हुने

  • भारतबाट थप ७४ मेगावाट बिजुली आयात गरिने
  • मंसिरसम्म कटैया–कुसाहा प्रसारण लाइनको क्षमता दोब्बर हुने
काठमाडौं, ६ कात्तिक– यस वर्ष कुलेखानीको जलाशय भरिएको र भारतबाट थप ७४ मेगावाट बिजुली आयात गर्ने प्रक्रिया अघि बढाइएकाले आगामी हिउ“दमा लोडसेडिङ बढीमा १२ घन्टामा सीमित हुने भएको छ । मुलुकमा बढ्दो विद्युत् संकट कम गर्न भारतबाट मंसिरदेखि थप ७४ मेगावाट बिजुली आयात गर्न लागिएकाले आगामी हिउ“दमा अघिल्लो वर्षको भन्दा कम लोडसेडिङ हुने जानकारी विद्युत् प्राधिकरणका अधिकारीले दिए ।
अघिल्लो वर्ष हिउ“दमा बढीमा १४ घन्टासम्म लोडसेडिङ भएको थियो । भारतबाट थप बिजुली आयात गर्ने व्यवस्था नमिलाइएको भए वर्षेनि बढ्ने विद्युत्को खपतका कारण आगामी हिउ“दमा लोडसेडिङ १७ घन्टा पुग्ने प्रक्षेपण प्राधिकरणको थियो ।
यस वर्ष लोडसेडिङ बढ्न नदिन प्राधिकरणले भारतीय पावर दलाल कम्पनी पीटीसी र भारतीय विद्युत् विकास कम्पनीसित हिउ“दयाममा विराटनगरको कटैया–कुसाहाबाट थप बढीमा ७० र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट थप १० मेगावाट आयात गर्ने सहमति गरिसकेको छ ।
अघिल्लो वर्È हिउ“दमा प्राधिकरण्ँले भारतबाट बढीमा १ सय ८० मेगावाटसम्म विद्युत् आयात गरेकामा आगामी हिउ“दमा लोडसेडिङ दैनिक बढीमा १२ घन्टाबाट बढ्न नदिन २ सय ५४ मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ ।
प्राधिकरणले भारतबाट विद्युत् आयात गर्ने प्रमुख मार्ग (कटैया–कुसाहा प्रसारण्ँ लाइन)  गुणस्तर कन्डक्टर फेरेर अपग्रेड गर्ने अन्तिम चरणमा पु¥याएको छ ।प्राधिकरणले कटैया–कुसाहा प्रसारण्ँ लाइनको नेपालतर्फको १२ किमी खण्डको अपग्रेड (स्तरोन्नति) गरिसकेको छ । उक्त प्रसारण लाइनको भारतीय भूमिमा पर्ने तीन किमी लामो खण्डको स्तरोन्नति गर्न भारतीय सरकारले हालै स्वीकृति दिएको जानकारी प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले दिए ।
प्राधिकरण्ँले विराटनगरको कटैया–कुसाहा प्रसारण्ँ लाइनमा गुण्ँस्तरीय कन्डक्टर फेरेर अपग्रेड गरी विद्युत् आयातको Ôमता दोब्बर पार्न लागेको हो । ८० मेगावाट विद्युत्मात्र आयात निर्यात गर्न सकिने उक्त प्रसारण लाइनको अपग्रेड गरिसकेपछि १ सय ६० मेगावाटसम्म विद्युत् ल्याउन सकिन्छ ।
प्राधिकरण्ँले उक्त प्रसारण्ँ लाइनको नेपालतर्फ पर्ने १२ किमी खण्डको अपग्रेड गर्ने कार्य सम्पन्न गरिसकेको छ । भारततर्फ पर्ने ३ किमी खण्डमा भारतीय सरकारको स्वीकृति आउन समय लागेकाले प्रसारण लाइनको अपग्रेड गर्ने कार्यमा केही ढिलाइ भएको हो ।
‘भारतीय सरकारले आफ्नोतर्फको प्रसारण लाइन अपग्रेड गर्न लिखित स्वीकृति दिएको छ । अब त्यहा“ पनि अपग्रेड गर्ने कार्य अब छिट्टै सुरु हुन्छ’ कार्कीले कान्तिपुरसित भने ।
प्राधिकरण्ँका भार प्रेÈण्ँ केन्द्रका प्रमुख भुवन Ôेत्रीले भारतीय खण्डतर्फ सामान लैजान दुई साताजति लाग्ने र तिहारको लगत्तै प्रसारण लाइन अपग्रेड गर्ने कार्य सुरु हुने जानकारी दिए । ‘सामान लानमात्र समय बढी लाग्ने हो, भारततर्फको प्रसारण लाइन अपग्रेड गर्न तीन÷चार दिनमात्र लाग्छ । प्रसारण्ँ लाइन अपग्रेड गरेपछि ८० मेगावाटमात्र बिजुली ल्याउन सकिने कटैया–कुसाहा प्रसारण्ँ लाइनबाट दोब्बर अर्थात् १ सय ६० मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ’ क्षेत्रीले भने ।
भारततर्फको प्रसारण लाइनमा फेरिने गुणस्तरीय कन्डक्टरको खर्चसमेत प्राधिकरणले नै बेहोर्नेछ, उक्त प्रसारण लाइन नेपालतर्फ बिजुली ल्याउनमात्र प्रयोग हुने भएकाले प्राधिकरणले खर्च बेहोर्नुपरेको हो । मंसिर पहिलो सातादेखि नै उक्त प्रसारण लाइनबाट दोब्बर क्षमतामा बिजुली ल्याउन सकिने जानकारी उनले दिए । उनले हिउ“दमा उक्त प्रसारण लाइनबाट १ सय ५० मेगावाटसम्म बिजुली आयात गर्ने प्राधिकरणको योजना छ ।
‘यस वर्ष कुलेखानीको जलाशय पनि भरियो र कटैया–कुसाहा प्रसारण्ँ लाइनको स्तरोन्नति कार्य पनि कात्तिक अन्तिमसम्म सकिन्छ । त्यहा“बाट ८० बाट बढाएर १ सय ५० मेगावाट बिजुली आयात गरिने भएकाले यसपटक हिउ“दमा लोडसेडिङ १२ घन्टाभन्दा बढी हुने छैन’ क्षेत्रीले भने ।
प्राधिकरण्ँले टनकपुर–महेन्द्रनगर प्रसारण्ँ लाइनबाट समेत थप १० मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतीय कम्पनी (पीटीसी) ले प्राधिकरण्ँलाई भारतीय राज्य छत्तीसगढको पावरहाउसबाट उत्पादित ३० मेगावाट बिजुली टनकपुर–महेन्द्रनगर प्रसारण्ँ लाइनबाट दिने प्रस्ताव गरेको छ । टनकपुर–महेन्द्रनगर प्रसारण्ँ लाइनमार्फत् भारतबाट टनकपुर विद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क बिजुली (७ करोड युनिट) बाहेक अघिल्लो वर्È प्राधिकरण्ँले २० मेगावाट विद्युत् आयात गरेको थियो । यस वर्È उक्त प्रसारण्ँ लाइनमार्फत् प्राधिकरण्ँले भारतबाट थप १० अर्थात् ३० मेगावाट बिजुली आयात गर्ने भएको छ ।
पीटीसीले उक्त प्रसारण्ँ लाइनबाट सस्तो मूल्य अर्थात् प्रतियुनिट ६ रुपैया“  (भारु ३.७५) मा विद्युत् दिने प्रस्ताव गरेको छ । प्राधिकरण्ँ सञ्चालक समितिको केही दिनअघि बसेको बैठकले टनकपुरबाट पीटीसीमार्फत् ३० मेगावाट बिजुली खरिद गर्ने निणर््ँय गरी व्यवस्थापनलाई प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिइसकेको जानकारी स्रोतले दिए । स्रोतका अनुसार पीटीसीसित उक्त लाइनबाट थप बिजुली ल्याउने प्रक्रियासमेत अन्तिम चरणमा पुगेको छ ।
कटैया–कुसाहाबाट ८० मेगावाटमात्र आयात गर्दै आएकामा यस वर्È प्रसारण्ँ लाइनको स्तरोन्नति गरी १ सय ५० मेगावाटसम्म बिजुली ल्याउने योजना प्राधिकरण्ँको छ । बा“की बिजुली अघिल्लो वर्È झैं नेपाल–भारतबीच विभिन्न नाकाका ३३ केभी प्रसारण्ँ लाइनबाट आयात गरिनेछ । प्राधिकरण्ँले कटैया–कुसाहा र टनकपुर–महेन्द्रनगरबाहेक रामनगर, वीरगन्ज, इनरुवा, राजविराज, सिराहा, जलेश्वर, भैरहवा र नेपालगन्ज नाकाबाट ३३ केभीको प्रसारण्ँ लाइनबाट समेत थोरै परिमाण्ँमा भए पनि बिजुली आयात गर्दै आएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete