Wednesday, October 9, 2013

चालू वर्षलाई बेरुजु फछ्र्यौटको नमुना वर्ष बनाउन निर्देशन


काठमाडौं, २३ असोज– सरकारले चालु वर्षलाई बेरुजु फछ्र्यौटको नमुना वर्षका रूपमा चिनाउने गरी काम गर्न सबै मन्त्रालय तथा निकायका सचिवहरूलाई निर्देशन दिएको छ । बेरुजु फछ्र्यौटका सम्बन्धमा मन्त्रिपरिषद्वाट अर्थमन्त्री शंकर कोइरालाको संयोजकत्वमा गठित मन्त्रीहरू टेकबहादुर थापा (घर्ती) र उमाकान्त झा सदस्य रहेको समितिको बुधबार बसेको बैठकले महालेखापरीक्षकको पछिल्लो ५० औ प्रतिवेदनले औल्याएका बेरुजुहरू फछ्र्यौटलाई तीव्रता दिन विभिन्न मन्त्रालय तथा निकायका प्रशासनिक नेतृत्वलाई आग्रह गर्दै त्यस्तो निर्देशन दिएको हो ।
बैठकमा अर्थमन्त्री कोइरालाले प्रमाण नेभटिएका, सोधानन्तर गर्नुपर्ने र लामो समयदेखि बेरुजु फछ्यौट हुन नसकिरहेका मुद्दामा विशेष कार्ययोजनासहित समितिसमक्ष प्रस्ताव पठाउनसमेत आग्रह गरेका छन् । कृषि विकासमन्त्री थापाले चालु वर्ष बेरुजु फछ्र्यौटमा उदाहरणीय काम गर्न आग्रह गर्दै लेखापरीक्षण र सम्परीक्षणको कामलाई समान रूपमा प्राथमिकतामा राख्नुपर्ने बताए ।
उर्जामन्त्री उमाकान्त झाले मोबिलाइजेसन पेस्की फछ्र्यौटका लागि विशेष पहल गर्न सचिवहरूलाई निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव एवं समितिका सदस्यसचिव कृष्णहरि बा“स्कोटाले बेरुजु फछ्र्यौटको विस्तृत कार्ययोजना तयार गरी मासिक रूपले बेरुजु फछ्यौटको लक्ष्य निर्धारण गरी असोज मसान्तभित्र समितिसमक्ष पेस गर्न आग्रह गरे ।
उनले कुल बेरुजुको अंकको विवरण यकिन गर्नुका साथै बेरुजुको निकायगत वर्गीकरण गर्ने, नियमित गर्नुपर्ने, असुल उपर गर्नुपर्ने बेरुजुको रकम यकिन गरी फछ्यौट गर्न विशेष क्रियाशीलता अवलम्बन गर्नुपर्ने बताए ।
उनले म्याद नाघेको पेस्की बेरुजु, मुद्दामा रहेको बेरुजु, मिनाहा गर्नुपर्ने बेरुजु रकम, कर्मचारी पेस्की वेरुजु र सोधानन्तर एवं सोधभर्नाको रकम यकिन गरी काम बाँडफाँड गरेर अभियानका रूपमा बेरुजु फछ्यौट गर्नुपर्ने बताए ।
बाँस्कोटाले महालेखा परीक्षकको डोर गएकै बेलामा नै सम्परीक्षण गर्ने व्यवस्था मिलाउन, सम्बन्धित निकायसँग छलफल गर्न, असुल उपर गर्नुपर्ने बेरुजुमा कडाइ गर्न र महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याएका बेरुजुका सन्दर्भमा लिनुपर्ने कदम समितिसमक्ष पेस गर्नसमेत सचिवहरूलाई आग्रह गरे । प्रत्येक निकायमा बेरुजु फछ्र्यौटका लागि आन्तरिक संयन्त्र गठन गरी चुस्त र दुरुस्त ढंगले काम गरी यस सम्बन्धमा भए÷गरेका कामको प्रगति विवरण समयमै समिति समक्ष पठाउनसमेत समितिको बैठकले आग्रह गरेको छ ।

No comments:

Post a Comment