Sunday, October 20, 2013

काभ्रे एमालेद्वारा समानुपातिक उम्मेदवार छनौटप्रति आपत्ति

काठमाडौं, २ कात्तिक– नेकपा एमाले काभ्रे जिल्ला समितिले पार्टीको पोलिटब्युरोले अत्यन्त अवैज्ञानिक, अपारदर्शी र गुटगत स्वार्थबाट प्रेरित भएर समानुपातिक उम्मेदवार छनोट गरेकामा लिखित आपत्ति जनाउ“दै तत्काल निर्णय सच्याउन माग गरेको छ ।
एमालेको काभ्रे जिल्ला समितिका पदाधिकाहरूको शनिबार बसेको बैठकले समानुपातिक उम्मेदवारको छनोटको निर्णय पार्टीलाई सबभन्दा ठूलो बनाउने पार्टी कार्यकर्ता र आमजनताको भावनाविपत रहेको ठहर गर्दै पोलिटब्युरोलाई पत्र पठाएर निर्णय सच्याउन माग गरेको हो ।
एक क्षेत्र एक समानुपातिक उम्मेदवारको नीतिअनुरूप काभ्रेले कम्तीमा चार जना उम्मेदवार पाउनुपर्नेमा एक जना पनि नपाएको उल्लेख गर्दै एमाले काभ्रे जिल्ला समितिका अध्यक्ष गोकुल बा“स्कोटाले जिल्ला समितिले निर्णय सच्याउन केन्द्रलाई चेतावनी दिएको जानका दिए । उनले एमालेको निर्णयले माओवादीलाई फाइदा पु¥याउने उल्लेख गर्दै निर्णय नसच्याए त्यसबाट उत्पन्न परिणामको जिम्मेवार पोलिटब्युरो हुने चेतावनीसमेत जिल्ला समितिले दिएको बताए । पार्टीका जनताको बहुदलीय जनवादविरोधी नेताहरूका कारण समानुपातिक उम्मेदवार छनोटमा गलत निर्णय भएको ठहर समिति काभ्रे जिल्ला समितिको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete