Thursday, October 3, 2013

एडीबीले ७ अर्ब ३५ करोड सहयोग गर्ने

काठमाडौं, १७ असोज– एसियाली विकास बैंकले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता सडक सञ्जाल आयोजना कार्यान्वयनका लागि ७ अर्ब ३५ करोड सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले एडीबीको सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय गर्दै त्यससम्बन्धी सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव वा सहसचिवलाई हस्ताक्षर गर्न अख्तियारी दिएको छ ।
मन्त्रिपरिषदले कानुन तथा न्याय मन्त्रालयबाट प्रस्तावमा मेलमिलापसम्बन्धी ऐन २०६८ लागू गर्ने र मेलमिलापसम्बन्धी नियमावली २०७० को मस्यौदा स्वीकृत गर्ने प्रस्ताव मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय गरेको जानकारी सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
आयोग र कम्पनीका पदाधिकारीको राजिनामा
राष्ट्रिय दलित आयोगका सदस्यहरू राजुप्रसाद चमार र खेमराज नेपाल र राष्ट्रिय आवास कम्पनी लिमिटेड सञ्चालक समितिका अध्यक्ष विनयकुमार कर्णले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषदले तीनै जनाको राजिनामा स्वीकृत गरेको छ ।
प्रधानसेनापति अमेरिका जाने
प्रधानसेनापति गौरवसमसेर राणा अमेरिका भ्रमणमा जाने भएका छन् । उनको नेतृत्वमा जाने टोलीले कात्तिक ४ देखि ७ सम्म अमेरिकाको होनोलोलुमा हुने १६ औं वार्षिक ‘चिफ अफ डिफेन्स’सम्बन्धी बैठकमा भाग लिनेछ । मन्त्रिपरिषदले राणाको भ्रमणलाई स्वीकृति दिएको छ ।

No comments:

Post a Comment