Thursday, October 17, 2013

नेपाली मुस्लिम धुमधाम मनाउँदै बकर इद

काठमाडौं, ३० असोज– मुस्लिम धर्मावलम्बीको इद उलफित्रपछिको महान् चाड बकर इद बुधबार देशभरका नेपाली मुसलमान समुदायले बुधबारदेखि धुमधामका साथ मनाउन थालेका छन् । यो पर्व मुस्लिम समुदायले खासगरी बुधबारदेखि तीन दिनसम्म कुरबानी दिएर मनाउने चलन छ । सरकारले मुस्लिम धर्मावलम्बीको यो पर्वमा बुधबार सार्वजनिक बिदा दिएको छ ।
नेपाली मुस्लिम धर्मावलम्बीले बिहानै नुहाएर मस्जिद वा इदगाहमा गए नमाज पढी घर फर्किसकेपछि अल्लाहका नाममा चौपाया खसी, भै“सी एवं बा“झो पाठीलाई  बली –कुरबानी) चढाउ“छन्, जसलाई कुरबानी भनिन्छ । कुरबानी आङ्खना नामको अतिरिक्त परिवारका मृत सदस्यको नाममा पनि चढाइन्छ । नमाज पढिसकेपछि मुस्लिम धर्मावलम्बीहरूले एक–आपसमा गला मिलाएर शुभकामना आदान प्रदान गर्छन् ।
मुस्लिम समूदायका सम्पन्नदेखि विपन्न वर्गसम्मले यस पर्वमा मीठो पकवान (बिरियानी, पुलाउ, कर्मा र कोक्ता) र कबाब (मासुको परिकार) भोज (दावत) खान÷खुवाउनमा व्यस्त हुन्छन् । मुस्लिम परम्पराअनुसार बुधबार बिहान उपवास बसी नमाज पढेर प्रार्थना गरेपछि खसी, रा“गालगायतको कुर्बानी (बली) दिए । कुरबानीको मासु मुस्लिम धर्मावलम्बीले परम्पराअनुसार तीन दिनसम्म तीन भाग लगाएर एक भाग आफू खान्छन् भने एक भाग आफन्त वा इष्टमित्र र एक भाग गरिबलाई खुवाउ“छन् ।
नया“ र सफा लुगामा सजिएका उनीहरूले छरछिमेक र इष्टमित्रलाई आलोपालो दावत (भोज) दिन्छन् । मुस्लिम धार्मिक ग्रन्थ कुरानका अनुसार अल्लाहले नवि इव्राहिम अलि सलामलाई ‘तिमीलाई मन परेको वस्तु कुरबानी देऊ’ भनेपछि उनले ८० वर्Èको उमेरमा आङ्खनी पत्नी हाजराका गर्भबाट जन्मिएको सबभन्दा प्यारो छोरा इस्माइल अलि सलामलाई कुरबानी दिन गएका थिए । तर अल्लाहले नवि इव्राहिम अलि सलामको यो कामबाट निकै प्रसन्न भई उनको कुरबानीलाई स्वीकार गरी छोरा इस्माइलको ठाउ“मा दुम्बा (भेडा) कुरबानी गरिएको थियो । यही घटनाको स्मृतिमा बकर इद मनाउन थालिएको हो ।

No comments:

Post a Comment