Friday, October 18, 2013

दसैं सकिनासाथ देशव्यापी चुनावी अभियान तीव्र

  • ५० प्रतिशत मतपत्रको छपाइ सम्पन्न
  • समानुपातिकको सकिन लाग्यो, प्रत्यक्षको मतपत्र छाप्न सुरु
  • दलका शीर्ष नेताहरू घोषणापत्रस“गै देशव्यापी चुनावी दौडाहामा जाने
काठमाडौं, ३१ असोज– निर्वाचन आयोगले संविधानसभा चुनावको तयारीलाई तीव्रता दिंदै मतपत्र छपाइ बिहीबारसम्म करिब ५० प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ । आयोगले जनक शिक्षा केन्द्र लिमिटेडमा दसैंमा समेत कर्मचारीहरूलाई बिदा नदिई मतपत्र छाप्ने कार्य जारी राखिएकाले छपाइको ५० प्रतिशत कार्य सकिएको जानकारी निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता वीरबहादुर राईले दिए ।
दलहरूले समेत बडा दसैंको लगत्तै धमाधम संविधानसभा चुनावको घोषणापत्र जारी गरी देशव्यापी निर्वाचन अभियान सुरु गर्ने भएका छन् । दलहरूले सबै निर्वाचन क्षेत्रमा आ–आफ्ना पार्टीका प्रत्यक्ष सिटका उम्मेदवारलाई र समानुपातिक सिटमा पार्टीलाई जिताउन आममतदातालाई अपिल गरिएका पोस्टर, पम्पलेट, पर्चा, मुखपत्र जिल्ला–जिल्लामा पु¥याएर बा“ड्ने अभियानसमेत सुरु गरिसकेका छन् ।
आयोगका प्रवक्ता राईका अनुसार समानुपातिक सिटतर्फको मतपत्रको छपाइ कार्य करिब–करिब सकिएको छ भने संविधानसभाका प्रत्यक्ष २ सय ४० सिटका लागि मतपत्र छाप्ने कार्यसमेत धमाधम सुरु भएको छ । आयोगका एक अधिकारीले प्रत्यक्षतर्फको २६ सिटको मतपत्रको छपाइ कार्यसमेत सम्पन्न भइसकेको छ भने बा“की सिटको मतपत्रको छपाइसमेत धमाधम भइरहेको छ । ती अधिकारीका अनुसार करिब १ करोड २४ लाख मतदाता भए पनि आयोगले डेढ करोड मतपत्र छाप्दैछ । मतपत्र कुनै कारण बिग्रिएमा, च्यातिएमा या खोसिएमा निर्वाचन नरोकियोस् भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फ डेढ करोडको दरले मतपत्र छाप्न लागिएको हो ।
‘मतपत्रको छपाइ धमाधम भइरहेको छ । समानुपातिक सिटको मतपत्रको छपाइ कार्य सकिन लाग्यो । प्रत्यक्ष निर्वाचनको मतपत्र छाप्ने कार्य सुरु भइसकेको छ, अबको केही दिनमै मतपत्र छपाइ कार्य सम्पन्न हुन्छ’ राईले भने ।
दलहरूले समेत बडा दसैं सकिनासाथ देशव्यापी निर्वाचन अभियान सुरु गर्ने भएका छन् । नेकपा एमालेले सञ्चार माध्यममार्फत् संविधानसभा चुनावको घोषणापत्र सार्वजनिक गरी निर्वाचनको अभियानको थालनी गरिसकेको छ ।
राप्रपा नेपालले समेत घोषणापत्र सार्वजनिक गरी देशव्यापी चुनावी अभियान सुरु गरिसकेको छ । एमाओवादी र कांग्रेसले एकै दिन शनिबार घोषणापत्र सार्वजनिक गर्दैछन् । कांग्रेस कार्यसमितिको शुक्रबार बस्ने बैठकले घोषणापत्रलाई पारित गर्ने र शनिबार सार्वजनिक गर्ने जानकारी पार्टीका प्रचार विभागका प्रमुख मिनेन्द्र रिजालले दिए ।
मधेसी दलहरूले समेत एक साताभित्रै घोषणापत्र सार्वजनिक गरी देशव्यापी चुनावी अभियान सुरु गर्ने अन्तिम तयारी गरिरहेका छन् । एमाओवादी, कांग्रेस र एमालेले घोषणापत्र सबै जिल्लामा पु¥याइसकेपछि आफ्ना शीर्ष नेताहरू एक साथ सबै निर्वाचन क्षेत्रमा गएर सम्बोधन गरी चुनावी अभियानलाई तीव्रता दिने कार्यक्रमसमेत अघि सार्ने भएका छन् ।
शीर्ष नेताहरू एकसाथ  सबै निर्वाचन क्षेत्रको दौडाहा गर्दा पार्टीमा एकताको सन्देश जाने र आफ्नो पक्षमा माहोल बनेर आफ्नो पार्टीको पक्षमा चुनावी लहर आउने विश्वाससमेत तीनै दलको छ ।
पार्टीका तर्फबाट एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल तथा एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र केपी ओली देशव्यापी दौडाहामा जाने जानकारी ती दलका नेताले दिए ।
एमाओवादीका नेता श्रेष्ठले पार्टीले शनिबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेपछि देशव्यापी प्रचारप्रसारलाई तीव्र पारिने बताएका छन् । उनका अनुसार घोषणापत्रको निर्माणको काम सकिएको छ भने त्यसलाई छपाइमा दिइएको श्रेष्ठले जानकारी दिए ।  ‘घोषणापत्र सार्वजनिक गरेपछि चुनावी प्रचार प्रसारले तीव्रता पाउ“छ’ उनले भने ।
कांग्रेस प्रचार विभाग प्रमुख रिजालले घोषणापत्र जारी गरिसकेपछि आफ्ना पार्टीका शीर्ष नेताहरूको एक साथ देशव्यापी चुनावी दौडाहा सुरु हुने जानकारी दिए । ‘हाम्रो (कांग्रेसको) घोषणापत्र शनिबार सार्वजनिक गर्छौं । घोषणापत्र सार्वजनिक भएपछि देशव्यापी रूपमा पार्टीको पक्षमा लहर ल्याउन पार्टीका तीनै जना शीर्षसहित प्रमुख नेताहरूले एक साथ जिल्ला–जिल्लाको दौडाहा गरी निर्वाचन प्रचार अभियान सुरु गर्नुहुनेछ’ रिजालले भने ।
केन्द्रबाट एउटै रंगको पोष्टर तयार गरी उम्मेदवारलाई दिइएको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए । उनका अनुसार पार्टीले अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको पर्चा भने केन्द्रबाट छापेर सबै निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ ।
एमाओवादीले आफू सरकारमा भएका बेला गरिएका राम्रा काम जनतामा पु¥याउन छुट्टै पर्चा छाप्ने तयारीसमेत गरेको छ । त्यो पर्चा पनि देशभर पठाइने उनले जनाए । प्रचारप्रसारका लागि कात्तिक ३ गतेबाट जनादेश साप्ताहिकलाई दैनिक बनाउन निर्णय उसले गरेको छ । आठ पृष्ठको ट्याब्लोइड पत्रिका निर्वाचनलाई लक्षित गरी प्रकाशन गरिने प्रवक्ता सापकोटाले बताए भने । कृष्णसेन समाचार सेवालाई दिनमा तीनपटक अपडेट गर्ने, सामाजिक सञ्जालको प्रयोग गर्ने र अन्य सञ्चार माध्यममा आफ्नो प्रचारप्रसार सामाग्री पठाउने नीतिसमेत उसले बनाएको छ ।
एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टी घोषणापत्र सार्वजनिक भए पनि त्यसलाई छरितो आकारमा प्रकाशन गरी सबै क्षेत्रमा पु¥याएर देशव्यापी चुनावी अभियान सुरु गरिने जानकारी दिए । ‘हामीले सबै माध्यमबाट प्रचारप्रसार तीव्र पार्दैछौ’ उनले भने, ‘न्यु मिडियाको प्रयोग राम्रो देखिएको छ ।’
उनका अनुसार एमालेका उम्मेदवारहरू घरदैलो कार्यक्रममा ब्यस्त छन् । उनीहरूले स्थानीयस्तरमा एक रंगको पोष्टर र पर्चा बनाएर मतदाताकहा“ पुगिरहेका छन् । पर्चा र पोष्टरबाहेक एमालेले न्यु मिडियालाई व्यापक प्रयोगमा ल्याएको उनले जनाए ।  पार्टीको औपचारिक समाचार सेवा ‘रातो सूर्य’ मार्फत् पार्टीका निर्वाचन गतिविधि निरन्तर अपडेट गरिरहेको एमालेले आम संचार माध्यामस“गको सम्बन्धसमेत विस्तार गरिरहेको जानकारी ज्ञवालीले दिए ।











 


No comments:

Post a Comment