Wednesday, October 2, 2013

कांग्रेस उम्मेदवार श्रेष्ठद्वारा सहकारीको तीन करोड बढी अनियमितता

काठमाडौं, १६ असोज– युगदर्शन तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष नरेशकुमार श्रेष्ठले आफ्नै संस्थाबाट प्रचलित कानुनी व्यवस्थाको उल्लंघन गरी तीन वर्षदेखि आफ्ना दुई व्यावसायिक कम्पनीका नाममा बिना धितो सवा तीन करोड रुपैया“ ऋण लिई सहकारीको पैसा दुरुपयोग गर्दै आएका छन् ।
‘सहकारी संघ÷संस्था दर्ता, सञ्चालन, लेखा परिक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड २०६८’ विपरीत श्रेष्ठले सहकारीबाट आफ्नो लगानी रहेको ‘हाम्रो आवास कम्पनी हेटौंडा’ र ‘हाम्रो युगदर्शन इन्भेस्टमेन्ट’ नामक कम्पनीमा तीन वर्षदेखि बिनाधितो सवा तीन करोड ऋण लिई अख्तियारको दुरुपयोग गरेका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका श्रेष्ठले खोटाङ–२ मा पार्टीबाट संविधानसभा सदस्यको उम्मेदवारी पाएका छन् ।
यो सहकारी खोटाङबाट राजधानीमा आइबसेका व्यक्तिहरू मिलेर खोलेको संस्था हो । श्रेष्ठको लापर्बाहीका कारण संस्थाको वित्तीय स्थिति ऋणात्मक हुन पुगेको र शेयर होल्डर तथा डिपोजिटरहरूले जम्मा गरेको करिब ७ करोड रुपैया“ डुब्ने अवस्थामा पुगेको ठहर उक्त सहकारीको साधारणसभाले गरेको छ ।
मापदण्डमा संस्थाको कुल पू“जीको १० प्रतिशतभन्दा बढी रकम एक जना शेयर होल्डरलाई ऋण प्रवाह गर्न नपाइने व्यवस्थाविपरीत श्रेष्ठले आफैंले निर्णय गरी डिपोजिटरको ५ करोड ४५ लाख र संस्थाका २ सय २५ जनाको शेयर होल्डरको शेयर पू“जी १ करोड ५५ लाख रुपैया“मात्र भएको संस्थाबाट ठूलोमात्रामा ऋण लिएका छन् ।
मापदण्डमा संस्थाबाट बिना धितो ऋण लगानी गर्न नपाइने व्यवस्थाको उल्लंघन गरी श्रेष्ठले सहकारीमा कुनै धितो नराखी तीन वर्षदेखि ऋण लिएका हुन् । उनले तीन वर्षदेखि मापदण्ड उल्लंघन गरी आफू निकटका व्यक्तिहरूलाई समेत बिना धितो र कतिपयको हकमा कम धितामो ऋण प्रवाह गर्ने गरेको साधारणसभाले संस्थाका वित्तीय स्थितिका बारेमा तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
गत वैसाख २१ मा भएको संस्थाको साधारणसभाले सर्वसम्मतिबाट गत साउन २१ भित्र कार्यकारी अध्यक्ष श्रेष्ठलाई प्रचलित कानुन र वित्तीय व्यवस्था, संस्थाको विनियमलाई पूरै बेवास्ता गर्दै आफ्नो कम्पनीका नाममा लिएको ऋणको धितो राख्न, ब्याज तिर्न, धितो मूल्यांकन नगरी अरू व्यक्तिलाई प्रवाह गरेको ऋणको उचित धितो लिन, लापर्बाहीका कारण भाका नाघेको लगानी असुली गर्न निर्देशन दिएको थियो ।
साधारणसभाले श्रेष्ठलाई १५ दिनभित्र अर्थात् गत जेठको पहिलो साताभित्र एकल निर्णयबाट बिना धितो प्रवाह भएको ऋणको पर्याप्त धितो लिन र नसके त्यस्ता ऋणीका तर्फबाट आफैंले धितो बुझाउन निर्देश गरेको थियो । श्रेष्ठले आफूले ऋण लिंदासमेत संस्थाको विनिमयको उल्लंघन गरेका छन् । संस्थाका सदस्यहरूलाई १८ प्रतिशत ब्याजदरमा ऋण दिने विनियममा व्यवस्था भए पनि श्रेष्ठले आफूले भने १२.५ प्रतिशत ब्याजमा ऋण लिएर अख्तियार दुरुपयोग गरेको ठहरसमेत साधारणसभाको छ ।
साधारणसभाको निर्देशन र निर्णयलाई बेवास्ता गरी श्रेष्ठले साउन २१ को समयसीमाभित्र कुनै काम नगरेको जानकारी संस्थाका एक सदस्यले दिए । ती सदस्यका अनुसार निर्देशनअनुसार श्रेष्ठले कुनै काम नगरेपछि साधारणसभाको निर्णयअनुसार प्रचलित कानुन, सहकारी ऐनविपरीत अख्तियारको दुरुपयोग गरेको र व्यक्तिगत निर्णय गरी लगानी डुबाएको भन्दै शेयरहोल्डरहरूले उनीविरुद्ध कानुनी कारबाही गर्न प्रमाणसहित सहकारी डिभिजन कार्यालय काठमाडौंमा यसै साता उजुरी दिएका छन् ।
साधारणसभाले कार्यकारी अध्यक्षले संस्थाका नाममा राजधानीमा रहेको ३६ रोपनी जग्गा व्यक्तिगत निर्णयका आधारमा आफूखुसी बेचबिखन गरेको, दुई÷दुई वर्षसम्म साधारणसभा नबोलाएको, ऋण प्रवाह गर्दा धितो मूल्यांकन नगरेको, बिनाधितो कर्जा प्रवाह गरेको, ऋण लगानी उपसमितिलाई बेवास्ता गरी अध्यक्षले आफ्नो नाममा रहेको अर्को कम्पनीमा करोडौं लगानी गरेको ठहरसहितको प्रतिवेदन तयार गरेको छ । संस्थाको विनियमा नभए पनि आफूलाई कार्यकारी अध्यक्ष घोषित गरी संस्थाबाट नियमित रूपमा तलबसुविधा लिएको उल्लेख गर्दै साधारणसभाले सुरु मितिदेखि नै पारिश्रमिक र सुविधाबापत लिएको सम्पूर्ण रकमसमेत साउन २१ भित्र फिर्ता गर्नसमेत श्रेष्ठलाई निर्देशन दिएको थियो ।
साधारणसभाको प्रतिवेदन र निर्णयका बारेमा जिज्ञासा राख्दा श्रेष्ठले साधारणसभाको निर्देशनअनुसार धितो कम हुनेलाई पर्याप्त धितो राख्न, भाका नाघेका ऋणीलाई तत्काल बुझाउन पत्राचार गरिसकेको उल्लेख गर्दै कांग्रेसबाट उम्मेदवारी पाउन आफूले दौडधूप गर्नुपरेकाले साउन २१ को समयसीमाभित्र पूरा काम गर्न नभ्याएको स्वीकार गरे । उनले पुसभित्र साधारणसभाको निर्देशन सबै पूरा गरिसक्ने दाबी गरे ।
संस्थाको कुल पू“जीको १० प्रतिशतभन्दा बढी रकम एक जनाले ऋण लिन नपाइने र बिनाधितो कर्जा प्रवाह गर्न नपाइने कानुनी व्यवस्थाको आफैंंले उल्लंघन गरेकामा भने श्रेष्ठले प्रष्ट जवाफ दिएनन् । आफूले लिएको ऋण एक करोड रुपैया“भन्दा केही बढीमात्र रहेको दाबी गरे ।



No comments:

Post a Comment