Saturday, October 19, 2013

छ पेशागत संगठनद्वारा कांग्रेसलाई सघाउन आह्वान

काठमाडौं, १ कात्तिक– विभिन्न छवटा पेशागत संगठनले आगामी संविधानसभा चुनावमा संघीय लोकतान्त्रिक संविधान निर्माणको सुनिश्चितताका लागि मुलुकको एकमात्र लोकतान्त्रिक पार्टी कांग्रेसलाई जिताउन सम्पूर्ण पेशाकर्मी र आमजनसमुदायलाई अपिल गरेका छन् ।
डेमोक्रेटिक लयर्स एसोसिएसन,  डेमोक्रेटिक इन्जिनियर्स एसोसिएसन, प्रेस युनियन, नेपाल शिक्षक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र प्रजातन्त्रवादी चिकित्सक संघको शुक्रबार बसेको बैठकले अघिल्लो संंविधानसभामा कम्युनिस्टहरूको बहुमत रहेका कारण संविधान बन्न नसकेको दाबी गर्दै संविधानको सुनिनिश्चितताका लागि लोकतान्त्रिक शक्तिलाई जिताउन आह्वान गरेको हो ।
बैठकपछि छवटा संगठनका तर्फबाट डेमोक्रेटिक लयर्स एसोसिएनका अध्यक्ष यदु खनालले वक्तव्य जारी गरी संविधानसभा चुनावलाई सफल पार्न विभिन्न पेशा, व्यवसायमा रहेका बुद्धिजीवी, आमजनता र दलहरूलाई आह्वानसमेत गरेका छन् ।

No comments:

Post a Comment