Wednesday, April 4, 2018

मिलेनियम च्यालेन्ज विकास समिति गठन

काठमाडौं, २० चैत– सरकारले अमेरिकी सहयोगमा निर्माण हुने विद्युत प्रसारण लाइन र सडक निर्माण आयोजनाहरूको सञ्चालन, अनुगमन र निर्देशन गर्न मिलेनियम च्यालेन्ज विकास समिति गठन गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मिलेनियम च्यालेन्ज विकास समिति गठन आदेश पारित गरेको छ ।
गठन आदेशअनुसार समितिको अध्यक्ष अर्थसचिव हुनेछन् । समितिमा भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई सदस्य राखिएको छ । समितिमा सरकारले तोकेका निजी क्षेत्र (उद्योग वाणिज्य महासंघ) र नागरिक समाजका प्रतिनिधिसमेत सदस्य रहनेछन् । 

विकास समितिले आयोजनाहरू अघि बढाउने कार्यको समन्वय गर्न प्रमुख कार्यकारी अधिकृत तोक्नेछ । नेपालको दिगो विकासका लागि अमेरिकी सरकारले आफ्नो सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनमार्फत् विद्युत प्रसारण लाइन र सडक निर्माण गर्न ५० करोड डलर (५० अर्ब रुपैया“) सहयोग गरेको छ । 

No comments:

Post a Comment