Monday, April 30, 2018

संघीय संसदको सचिवमा फुयाल र योगी नियुक्त

काठमाडौं, १६ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको सचिवमा गोपालनाथ योगी र राजेन्द्र फुयाललाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले आइतबार सभामुख कृष्णबहादुर महराको सिफारिसमा योगीलाई प्रतिनिधिसभा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा फुयाललाई राष्ट्रिय सभाको सचिव पदमा नियुक्त गरेकी हुन् । 
संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवा सर्त र सुविधासम्बन्धी अध्यादेशका आधारमा नियुक्त उनीहरूको कार्यकाल ५ वर्षको हुनेछ । 

योगी कानुन व्यवसायी हुन् । उनी यसअघि गैरसरकारी संस्था महासंघस“ग आबद्ध थिए । फुयाल यसअघि कान्तिपुर दैनिकमा आबद्ध थिए । संसदीय मामिलामा लामो समय पत्रकारिता गरेका फुयालको ‘संविधानसभा निर्वाचनदेखि अवसानसम्म’ नामक पुस्तकसमेत प्रकाशित छ ।

No comments:

Post a Comment