Friday, April 6, 2018

राजपाका सांसदलाई मासिक १० हजार लेबी

काठमाडौं, २२ चैत– राष्ट्रिय जनता पार्टी (राजपा) ले पार्टीका सांसदहरूबाट मासिक १० हजार रुपैया“का दरले लेबी उठाउने निर्णय गरेको छ । राजपा संसदीय दलको सिंहदरबारमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघीय संसदमा राजपाका १९ सांसद छन् । 
बैठकले संसदीय दलको विधान र नियमावली बनाउन पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ । धेरै आकांक्षी देखिएपछि राजपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन । दलको नेता बन्न अध्यक्षमण्डलका शीर्ष नेताबीच नै हानथाप देखिन्छ । 

राजपाले थुनामा रहेका सांसद रेशम चौधरीको रिहाइ र शपथको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत लिएको छ ।

No comments:

Post a Comment