Sunday, April 15, 2018

प्रहरीको छवि धमिल्याउनेहरू संगठनमा अटाउँदैनन् : महानिरीक्षक

काठमाडौं, २९ चैत– नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नैतिक आचारण र इमानदारी प्रहरीको प्राण हो भन्दै छवि धमिल्याउनेहरू संगठनमा नअटाउने बताएका छन् । 
खनालले बिहीबार महानिरीक्षकमा पद बहाली गरेपछि प्रहरी प्रधान कार्यालयमा उच्च पदस्थ अधिकृतहरूलाई सम्बोधन गर्दै गुन्डागर्दी र तस्करको विरुद्धमा प्रहरी संगठनलाई सक्रिय बनाउन निर्देशन दिए ।  ’संगठनको छवि धमिल्याउने काम भइरहेको छ । अब त्यस्ता प्रहरीहरू संगठनमा अटाउन सक्दैनन्’ उनले भने ।
उनले प्रहरी संगठन अब अनिर्णयको बन्दी नहुने उल्लेख गर्दै इमानदार र निष्ठावान प्रहरीको मूल्यांकन हुने बताए । उनले अनैतिक आदेशमा काम नगर्न र नगराउनसमेत प्रहरी अधिकारीहरूलाई आग्रह गरे ।


No comments:

Post a Comment