Friday, April 6, 2018

भ्रमण फलदायी हुने राष्ट्रपतिको विश्वास

काठमाडौं, २२ चैत– राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओलीको राजकीय भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन् । ओलीले बिहीबार सा“झ शीतलनिवास पुगेर आफ्नो भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
त्यही क्रममा राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दि“दै दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेकी हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको भ्रमणबाट भारतसितको सदियौंदेखिको सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने बताएको जानकारी उनको सचिवालय स्रोतले दिएको छ । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी र परराष्ट्र सचिव शंकर बैरागीसमेत उपस्थित थिए । ओली ५४ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै शुक्रबार नया“ दिल्ली जा“दैछन् ।

No comments:

Post a Comment