Thursday, April 12, 2018

सिंहदरबारमा अब सोलार बत्ती

काठमाडौं, २७ चैत– मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबारदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बाल्न थालिएको छ । चीनको सहयोगमा बनेको एक मेगावाट क्षमताको सोलार प्लान्ट सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्त रूपमा उदघाटन गरे ।
सोलार ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थ, ऊर्जा, संघीय मामिलामन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सोलार प्यानल जडान गरिएको छ । दुई वर्षदेखि प्यानल जडान गर्न थालिएको हो । 

करिब ६० करोड रुपैया“ लागतमा निर्मित चाइना एड फोटोभोल्टिक परियोजनाको सोलार ऊर्जा विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ । प्रधानमन्त्री ओलीले सौर्य ऊर्जा प्रणाली मुलुकको आर्थिक विकासस“ग जोडिएको महत्वपूर्ण परियोजना भएको बताए । उनले यस्ता आयोजना विस्तार गर्न सके मुलुकको समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
चिनिया“ राजदूत यु होङले विकास र समृद्धिका लागि दुई देशबीच लामो समयदेखि समन्वयात्मक सहकार्य रह“दै आएको र त्यसको पछिल्लो उदाहरण सौर्य ऊर्जा प्रणालीको विकास परियोजना महत्वपूर्ण भएको उल्लेख गरे । 
चीन सरकारले उक्त परियोजना नेपालको ऊर्जा मन्त्रालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिसकेको छ । ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपालका लागि चिनिया“ राजदूतावासका इकोनोमिक काउन्सिलर वाई पिङले परियोजना हस्तान्तरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।


No comments:

Post a Comment