Thursday, April 12, 2018

डीआईजी खरेलद्वारा राजिनामा


गृहमन्त्रीद्वारा राजिनामा स्वीकृत

काठमाडौं, २८ चैत– नायव प्रहरी महानिरीक्षक (डीआईजी) रमेश खरेलले महानिरीक्षक बढुवाप्रति असन्तुष्टि प्रकट गर्दै बुधबार पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषदले कार्यसम्पादन मूल्यांकनका आधारमा एक नं. मा रहेका डीआईजी सर्वेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गरेपछि दोस्रो वरियतामा रहेका खरेलले राजिनामा दिएका हुन् ।
एसएसपीमा बढुवा हु“दासम्म कार्यसम्पादन मूल्यांकनमा एक नं. मा रहेका खरेल डीआईजीमा भने खनालपछि दोस्रो वरियतामा बढुवा भएका थिए । खरेलले डीआईजी बढुवा हु“दा अघिल्लो सरकारले दोस्रो वरियतामा पारेर आफूलाई अन्याय गरेको र मंगलबारको महानिरीक्षक बढुवाको निर्णयले त्यसलाई निरन्तरता दिएको उल्लेख गर्दै मौखिक रूपमा असन्तुष्टि प्रकट गरेका हुन् ।

उनले राजिनामापत्रमा भने कुनै असन्तुष्टि प्रकट नगरेको जानकारी गृह मन्त्रालय स्रोतले दिएको छ । गृह मन्त्री रामबहादुर थापाले सचिव प्रेमकुमार राईको सिफारिसमा बुधबार नै खरेलको राजिनामा स्वीकृत गरेका छन् ।
खरेलले बुधबार नै सामाजिक सञ्जाल फेसबुकमा लेखेर राजिनामा घोषणा गरेका थिए । ‘नवनियुक्त महानिरीक्षकज्यूलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै २९ वर्षको सेवा अवधिबाट अलग्गिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाइ तथा दिदीबहिनाप्रति आभार व्यक्त गर्न चाहन्छु । जय नेपाल’ उनले फेसबुकमा लेखेका छन् । उनले नवनियुक्त महानिरीक्षक खनाललाई फोन गरेरसमेत सफल कार्यकालका लागि बधाई दिएको जानकारी स्रोतले दिएको छ ।





No comments:

Post a Comment