Monday, April 30, 2018

मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार

काठमाडौं, १७ वैशाख– कांग्रेसको भातृ संगठन मुस्लिम संघ नेपालको अध्यक्षमा पुनः अब्दुल सत्तार निर्वाचित भएका छन् ।् संघको आइतबार राति राजधानीमा सम्पन्न दोस्रो महाधिवेशनले सत्तारको नेतृत्वमा ५२ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा मोहमद निजा मुद्दिन, उपाध्यक्षमा रफिक मियाँ, फत्तेह मोहमद, अब्ताबुल अन्सारी, मोहमद जब्बादिन मिया, नुर मोहमद मियाँ, अकिल मिया, नजामुद्दीन अन्सारी, महिला उपाध्यक्षमा कौशर शाह, शाहिदा मियाँ र महासचिवमा मुत्तार अहमद निर्वाचित भएका छन् ।

सचिवमा मोहमद सफिक मुसलमान, प्रवेज आलम, मोहमद कमरुद्दिन, जमिल अब्तर शेख, एकरामुल शेख, सराफद अली, जमिला मियाँ, रहमदतुल्ला मियाँ, कोषाध्यक्ष मोहमद जुनैद र सहकोषाध्यक्ष राजेन मिया तथा ३० सदस्यसमेत निर्विरोध चयन भएका छन् । संघको ४३ जिल्लामा संगठन भए पनि महाधिवेशनमा ४१ जिल्लाका ५ सय प्रतिनिधि सहभागी थिए । कुल ७५ सदस्यीय संघको कार्यसमितिमा २३ जना मनोनीत हुने व्यवस्था छ ।

No comments:

Post a Comment