Wednesday, April 4, 2018

संवैधानिक इजलाश गठन

काठमाडौं, २१ चैत— न्याय परिषद बैठकले सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेलाई संवैधानिक इजलासको सदस्यमा मनोनयन गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा परिषदले चालिसेलाई संवैधानिक इजलासको सदस्य तोकेको हो । सर्वोच्चमा बुधबारदेखि नै संवैधानिक इजलास सुरु भएको छ ।
 विवादास्पद तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले उमेर हदले अवकास पाएपछि रिक्त रहेको संवैधानिक पदमा चालिसेलाई सदस्य तोकिएको हो । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश जोशी, न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्रसमसेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे छन् ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश वा कामु प्रधानन्यायाधीशसहित पा“च न्यायाधीश रहने व्यवस्था छ । संवैधानिक इजलाशले संवैधानिक मुद्दामा सुनुवाइ गरी निर्णय दिने गर्छ । इजलाशमा ४ सयभन्दा बढी मुद्दा छन् ।
––– 

No comments:

Post a Comment