Tuesday, April 3, 2018

सिंहदरबारको अधिकार गाउँमा पुगेको अनुभूति गराउनोस् : प्रधानमन्त्री

गाउँपालिका महासंघको अधिवेशन सुरु
काठमाडौं, १७ चैत– प्रधानमन्त्री केपी ओलीले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको अनुभूति आमजनताले पाउने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको अधिवेशनको शनिबार राजधानीमा उदघाटन गर्दै उनले स्थानीय तह सफल भएमात्र मुलुक सफल हुने भएकाले जनप्रतिनिधिले भ्रष्टाचार हुन नदिई काम गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या बढी रहेकाले आमजनताका पक्षमा धेरै काम हुनेमा आफू विश्वस्त रहेको बताए । ‘अहिले ५१ प्रतिशत उपाध्यक्ष ४० वर्षभन्दा कमका, एक चौथाइ अध्यक्ष ४० वर्षभन्दा कम उमेरका छन् । ४० प्रतिशत जनप्रतिनिधि त महिला नै छन् । यस्तो बेलामा समेत स्थानीय तहमा विकास नभए कहिले होला ?’

उनले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढै रहन आग्रह गरे । प्रधानमन्त्रीले स्थानीय तहमा रहेको कर्मचारीको अभाव चा“डै पूरा गर्ने आश्वासनसमेत दिए । ‘स्थानीय तहमा कति कर्मचारी पठाउने भन्ने तय सरकारले गरिसकेकाले अब छिट्टै पठाइन्छ’ उनले भने ।
ओलीले सबै तहका जनप्रतिनिधिलाई निरक्षरता उन्मूलन अभियानलाई सफल पार्न आग्रह गरे । उनले विद्यालयबाहिर बालबालिका नरहने वातावरण सिर्जना गर्नसमेत आग्रह गरे ।
‘वैशाख ५ देखि भर्ना अभियान सुरु हु“दैछ । पहिलो दिन नै म पनि एक जना बालिका भर्ना गर्न जा“दैछु, अभियानलाई सबै जनप्रतिनिधि लागेर सफल पार्नुपर्छ’ उनले भने । ‘समृद्ध नेपालको आधार ः सुशासनयुक्त सक्षम स्थानीय सरकार’ भन्ने नाराका साथ शनिबारदेखि सुरु भएको अधिवेशनमा सातै प्रदेशका ४ सय ६० गाउ“पालिकाका प्रमुख तथा उपप्रमुखको सहभागिता छ । तीन दिन चल्ने अधिवेशनले महासंघको केन्द्रीय समिति चयन गर्नेछ ।


No comments:

Post a Comment