Friday, September 27, 2013

मन्त्रिपरिषदद्वारा विवादास्पद राजदूत शर्मा बर्खास्त

काठमाडौं, १० असोज– सरकारले कूटनीतिक मर्यादाविपरीत काम गरेकामा कतारस्थित नेपाली राजदुत मायाकुमारी शर्मालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले गैरकूटनीतिक व्यवहार गर्दै आएकी विवादास्पद शर्मालाई राजदूतको जिम्मेवारीबाट पदमुक्त गरी नेपाल फिर्ता बोलाउने निणर््ँय गरेको जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
नेपाली कामदारको हकहितभन्दा म्यानपावर एजेन्सीको स्वार्थमा काम गर्दै आएकामा विवादमा परेकी शर्मालाई कतार सरकारले समेत कूटनीतिक मर्यादाविपरीत कार्य गरेकामा उनलाई फिर्ता गर्न नेपाललाई दबाब दिंदै आएको थियो ।
आफ्नोविरुद्धमा अभिव्यक्ति दिने र लेख्ने नेपाली कामदारलाई शर्माले दुःख दिनुका साथै एक जना श्रमिकलाई नेपाल फिर्ता गर्न कतार सरकारलाई लिखित दबाबसमेत दिएपछि उनी गम्भीर विवादमा तानिएकी थिइन् । शर्माको यही व्यवहारका कारण कतारस्थित नेपाली कामदारले विवादास्पद शर्मालाई राजदूतबाट फिर्ता गर्नुपर्ने तीव्र आवाज उठाउ“दै आएका थिए ।
बेलायती टेलिभिजन बीबीसीको साझा सवालमा छ महिनाअघि अन्तरर्वार्ता दिने क्रममा शर्माले कतारमा कामदारको स्थितिको बारेमा राखिएको जिज्ञासामा ‘कतार खुला जेल हो’ भन्ने अभिव्यक्ति दिएपछि त्यहा“को सरकार उनीसित रुष्ट भएको थियो । उनका विवादास्पद अभिव्यक्तिकै कारण नेपालस्थित कतारका राजदूतले नेपालको परराष्ट्र मन्त्रालयलाई दुईपटक औपचारिक रूपमा उनलाई फिर्ता गर्न दबाब दिएका थिए ।
नेपाली कामदारबीचमात्र होइन कतार सरकारको नजरमा समेत गम्भीर विवादमा परेकी शर्मालाई एकीकृत माओवादीले राजदूतबाट फिर्ता हुन आग्रह गरेको हो । तर, उनले आफूलाई राजदूतमा राष्ट्रपतिले नियुक्त गरेको हुनाले एमाओवादीले भन्दैमा फिर्ता नहुने सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।
एमाओवादीको कोटामा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले एक वर्षअघि उनलाई राजदूत नियुक्त गरेको हो । मन्त्रिपरिषद्ले एमाओवादीकै सिफारिसमा शर्मालाई राजदूतबाट हटाई नेपाल फिर्ता गर्ने निर्णय गरेको हो । शर्मालाई हटाए पनि सरकारले उनको ठाउ“मा नया“ राजदूत भने नियुक्त गरेको छैन ।

No comments:

Post a Comment