Monday, March 10, 2014

गृह मन्त्रीका विश्वासिला तीन जनालाई मन्त्रालयमा सरुवा

काठमाडौं, २६ फागुन– उपप्रधान एवं गृह मन्त्री बामदेव गौतमले आफ्नो पार्टी नेकपा एमाले निकट मानिने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयको महत्वपूर्ण महाशाखामा सरुवा गरेका छन् ।
गृह मन्त्रालयले आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सहसचिव तहका प्रजिअहरू मकवानपुरका एकनारायण अर्याल, कास्कीका यादव कोइराला र धनकुटाका रामेश्वर दंगाललाई मन्त्रालयका महाशाखामा सरुवा गरिएको हो ।
अर्याललाई मन्त्रालयको प्रशासन महाशाखा, कोइरालालाई नीति, योजना तथा मानव अधिकार महाशाखा र दंगाललाई व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । ती महाशाखा केही समयदेखि रिक्त थिए । गौतमले आफ्नो मन्त्रालय आफ्ना विश्वासिला र पार्टी निकटलाई लिएर आफू खुसी चलाउन उनीहरूलाई प्रजिअबाट फर्काएर महत्वपूर्ण जिम्मेवारी दिइएको स्रोतले उल्लेख गरेको छ ।

No comments:

Post a Comment