Monday, March 24, 2014

संसदका कर्मचारीद्वारा सुविधा नबढाए काम ठप्प चेतावनी

काठमाडौं, ९ चैत– संविधानसभा–संसद सचिवालयका कर्मचारीहरूले दुई दिनभित्र आफूहरूलाई तलबभत्ताका अतिरिक्त १ सय २१ प्रतिशत भत्ता र दैनिक खाना–खाजा भत्ताबापत ५ सय रुपैया“ दिन निर्णय नभए कामै ठप्प पार्ने चेतावनी दिएका छन् ।
कर्मचारी युनियनले सभामुख सुवास नेम्वाङ अध्यक्ष रहेको व्यवस्थापन समितिलाई शुक्रबार ज्ञापनपत्र दिई दुई दिनभित्र सुविधा वृद्धिको निर्णय नभए सोमबारदेखि संविधानसभा÷व्यवस्थापिका सचिवालयको काम ठप्प पार्ने चेतावनी दिएका हुन् ।
सचिवालयका कर्मचारीहरूले संविधानसभा र संसद बैठक चलिरहेका बेला आफूहरूले दिनरात खटेर काम गर्नुपरिरहेको उल्लेख गर्दै निर्वाचन आयोगका कर्मचारीहरूलाई संविधानसभा चुनाव अवधिभर १ सय २१ प्रतिशत भत्ता र दैनिक ५ सय रुपैया“ खाना खर्च दिएजस्तै सुविधा आफूहरूलाई समेत दिन माग गरेका हुन् ।
सरकारले आयोगका कर्मचारीलाई चुनाव अवधिभर १ सय २१ प्रतिशत भत्ता तथा कार्यालय समयका अतिरिक्त बिहान र बेलुका थप काम गर्नेलाई दैनिक ५ सय रुपैया“सम्म खाना खर्च दिएको थियो । बिहान या बेलुकामात्र थप समय काम गर्ने कर्मचारीलाई भने दैनिक २ सय ५० रुपैया“मात्र दिने गरिएको थियो । 
संविधानसभाको व्यवस्थापन समितिले सचिवालयका कर्मचारीले संसद र संविधानसभाको बैठकका कारण कार्यालय समयका अतिरिक्त बिहान र बेलुकासमेत काग गर्नुपर्ने भएकाले निर्वाचन आयोगका कर्मचारीलाई चुनाव अवधिभर दिएसरहको सुविधा दिन अर्थमन्त्रालयलाई सिफारिस गरेको छ ।
समितिको सिफारिसअनुसार एक महिनासम्म पनि अर्थमन्त्रालयले निर्णय नदिएपछि संसदका कर्मचारीहरू आक्रोशित भएका हुन् । सचिवालयका कर्मचारी युनियनका अध्यक्ष सञ्जय दाहालले आफूहरू दिनरात खटिनुपर्ने भएकाले १ सय २१ प्रतिशत सुविधा र बढी समय काम गरेबापत खाना खर्च दिन माग गरेको जानकारी दिए ।






No comments:

Post a Comment