Friday, March 14, 2014

इन्जिनियर्स एसोसिएसनमा लोकतान्त्रिक समूह विजयी

काठमाडौं, ३० फागुन– नेपाल इन्जिनियर्स एसोसिएनको केन्द्रीय नेतृत्वमा कांग्रेस निकट लोकतान्त्रिक समूह विजयी भएको छ । एसोसिएसनको १५ सदस्यीय केन्द्रीय समितिमा लोकतान्त्रिक समूहको प्यानलबाट अध्यक्षसहित १४ जना विजयी छन् । एमाले निकट प्रगतिशील समूहको प्यालनबाट एक सदस्यमात्र विजयी भए ।
देशभरका इन्जिनियरहरूको चुनावको बिहीबार घोषित परिणामअनुसार एसोसिएनको अध्यक्षमा लोकतान्त्रिक समूहका ध्रुव थापा निर्वाचित भएका छन् । उनी १ हजार ७ सय ७५ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट प्रगतिशील पेशागत समूहका अध्यक्ष उम्मेदवार रामेश्वर रिजालले १ हजार १ सय १५ मत ल्याएका थिए ।
एसोसिएसनको महासचिव रहिसकेका थापा कसमस सिमेन्ट इन्डस्ट्रीमा प्रबन्ध निर्देशक र इन्स्ट्यान्ट कसमस इन्डस्ट्रीमा कार्यकारी उपाध्यक्ष छन् । उनी सिमेन्ट उत्पादक संघसमेत अध्यक्ष छन् । उपाध्यक्षमा अरविन्द्रकुमार गुप्ता, महासचिवमा किशोरकुमार झा, उपमहासचिवमा दिनेशचन्द्र पन्थी, कोषाध्यक्षमा विन्दु श्रेष्ठ निर्वाचित भएका छन् ।
एसोसिएनको केन्द्रीय सदस्यमा शंकर पण्डित, दीपेन्द्र मिश्र, कृष्णसिंह बस्न्यात, प्रमोद दवाडी, सचिन्द्रकुमार देव, विश्वराज काफ्ले, मन्दिप सुवेदी, निरण महर्जन अम्बिकेशकुमार झा र विन्दु अधिकारी निर्वाचित भएका छन् । अधिकारीमात्र प्रगतिशील पेशागत समूहकी हुन् ।

एसोसिएनमा लोकतान्त्रिक र पेशागत समूहका अतिरिक्त माओवादी निकट संघीय गणतान्त्रिक समूह, कांग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवा निकट बुहत् लोकतान्त्रिक समूह र नेपाल मजदुर किसान पार्टी निकट नेपाल इन्जिनियर समाजले छुट्टाछुट्टै प्यानलसहित प्रतिस्पर्धा गरेका थिए ।


No comments:

Post a Comment