Friday, March 28, 2014

१० दिनमै सत्य निरुपण तथा बेपत्ता छानबिन विधेयक

काठमाडौं, १४ चैत– सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता भएका तथा पारिएका व्यक्तिको छानबिन आयोग गठनसम्बन्धी छुट्टाछुट्टै दुई विधेयकको मस्यौदा १० दिनभित्र तयार गरी गर्न कार्यदल गठन गरेको छ ।
ठूला तीन दल कांग्रेस, एमाले र एमाओवादीबीचको सहमतिअनुसार  सरकारले शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहसचिव साधुराम सापकोटाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा सशस्त्र द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षबाट पीडित र मानव अधिकार कानुन विशेषज्ञलाई समेत राखिएको छ । माओवादीद्वारा लमजुङमा विभत्स ढंगले मारिएका शिक्षक मुक्तिनाथ अधिकारीका छोरा एवं द्वन्द्वपीडित टुहुरा समाजका प्रतिनिधि सुमन अधिकारीलाई समेत कार्यदलमा राखिएको छ ।
कार्यदलमा सरोकारवाला पक्ष मन्जिमा ढकाल, न्यायका लागि द्वन्द्वपीडित समाजका प्रतिनिधि जनकबहादुर राउत, मानव अधिकार कानुन विशेषज्ञ दिनेश त्रिपाठी र राजु चापागाईं, द्वन्द्व विशेषज्ञ चुडाहादुर श्रेष्ठ, प्रधानमन्त्री कार्यालय, कानुन तथा न्याय मन्त्रालय, कानुन आयोगका प्रतिनिधि सदस्य र शान्ति मन्त्रालयका उपसचिव गंगाबहादुर खरेललाई सदस्यसचिव राखिएको छ ।

No comments:

Post a Comment