Friday, March 14, 2014

कोइरालाले भत्ता रकम सरकारलाई फिर्ता गरे

काठमाडौं, ३० फागुन– प्रधानमन्त्री सुशील कोइरालाले म्यान्मारमा हालै सम्पन्न विमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन जा“दा नियमानुसार आफूले पाएको भत्तासमेत सरकारलाई फिर्ता गरेका छन् ।
कोइरालाले पहिलो विदेश भ्रमणका रूपमा म्यान्मारमा जा“दा आफूले पाएको भत्ता रकममध्ये खर्च गरी बचेको ६ सय ५० अमेरिकी डलर सरकारलाई फिर्ता गरेको जानकारी प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएका छन् ।
यसअघि प्रधानमन्त्री, मन्त्रीसहित कुनै पनि सरकारी अधिकारीले नियमानुसार पाएको भत्ता रकम बचे पनि फिर्ता गर्ने गर्देनथे । कोइरालामात्र नियमानुसार पाएको भत्ता रकम सरकारलाई फिर्ता गर्ने पहिलो उदाहरण बनेको परराष्ट्र मन्त्रालय स्रोतले उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले नियमानुसार पाएको भत्ता रकम ६ सय ५० डलर फिर्ता गरेको र उक्त रकम राज्य कोषमा दाखिला गरिने जनाएको छ ।


No comments:

Post a Comment