Thursday, March 13, 2014

भारतीय सेना प्रमुखले प्रधानमन्त्रीलाई भेटे


काठमाडौं, २९ फागुन– भारतीय सेनाका स्थल सेना प्रमुख जनरल बिक्रम सिंहले बिहीबार प्रधानमन्त्री सुशील कोइरालासित शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा भएको भेटमा कोइराला र सिंहबीच दुई देशबीचको सैन्य सम्बन्धका विभिन्न पक्षका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी भेटमा उल्लेख छ ।
सिंह नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण–६’ अवलोकनका क्रममा नेपाल भ्रमणमा आएका हुन् । भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत रञ्जित रेसमेतको उपस्थिति थियो ।

प्रेस विज्ञप्ती
सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाज्यूसँग भारतीय सेनाका स्थल सेना प्रमुख जनरल बिक्रम सिंहले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विहिबार शिष्टाचार भेट गर्नु भएको थियो ।
जनरल सिंह नेपाल भारत संयुक्त सैनिक अभ्यास ूसूर्यकिरण(६ू को अवलोकनको क्रममा नेपाल भ्रमणमा रहनु भएको छ ।
भेटमा दुइ देश बीचको सैन्य सम्बन्धमा विभिन्न पक्षका बारेमा कुराकानी भएको थियो । उक्त अवसरमा भारतीय राजदूत रञ्जीत रे समेतको उपस्थिती रहेको थियो ।

मिती २०७० फाल्गुन २९ गते

No comments:

Post a Comment