Friday, March 21, 2014

तीन दातृ निकायले साढे १७ अर्ब सहयोग गर्ने

काठमाडौं, ७ चैत– विश्व बैंक, स्वीस सरकार र अन्तर्राष्ट्रिय कृषि विकास कोषले नेपाललाई साढे १७ अर्ब रुपैया“ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएका छन् । विश्व बैंकले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरणका लागि ९ अर्ब ८५ करोड रुपैया“ सहयोग गर्नेछ । 
स्थानीय विकास मन्त्रालयले उक्त रकम कृषि तथा ग्रामीण सडक सुदृढीकरणमा खर्च गर्ने जानकारी स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका अधिकारीले दिए । ती अधिकारीका अनुसार स्वीस सरकारले समेत स्थानीय सडक सुधार कार्यक्रमका लागि २ अर्ब १२ करोड रुपैया“ सहयोग गर्दैछ ।
विश्व बैंकले सिंचाइ तथा जलस्रोत व्यवस्थापनका लागि ४ अर्ब ८८ करोड सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । उक्त सहयोग रकम विभिन्न सिंचाइ आयोजनाको निर्माण, पुननिर्माण तथा नदी कटान नियन्त्रणमा खर्च गरिने जानकारी सिंचाइ विभागका अधिकारीले दिए ।
अन्तर्राष्ट्रिय कृषि विकास कोषले किसानका लागि उन्नत बीउबिजन उपलब्ध गराई कृषि क्षेत्रको विकास गर्न ९८ करोड रुपैया“ सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले विश्व बैंक, स्वीस सरकार र कोषले दिन लागेको सहायता स्वीकार गर्ने निर्णय गरी सहयोगसम्बन्धी सम्झौता गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ ।
मन्त्रिपरिषदले बेरुजु फछ्र्याेटको काम अझै बा“की रहेकाले तदारुकताका साथ उक्त कार्य सम्पन्न गर्न बेरुजु फछ्र्यौट समितिका सदस्यसचिव दयाराम शर्माको करार अवधि दुई वर्ष थप गरेको छ ।

No comments:

Post a Comment