Thursday, March 13, 2014

सचिव बढुवामा ढिलाइले मन्त्रालयको काममा असर

काठमाडौं, २८ फागुन– सरकारले सचिव बढुवामा ढिलाइ गरेका कारण विभिन्न मन्त्रालय र निकायको कामकारबाही नकारात्मक असर पर्न थालेको छ । प्रशासनिक नेतृत्वविहीन मन्त्रालय र निकायको संख्या आठवटा पुगिसक्ता पनि सरकारले सचिव बढुवातर्फ चासो नदिएर गैरजिम्मेवारी प्रदर्शन गरेको सरकारी अधिकारीले नै बताउ“छन् ।
तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीकै पालामा लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमीको अध्यक्षतामा बसेको बढुवा समितिले गत पुस अन्तिम साता नै त्यतिबेला रिक्त छ सचिव बढुवाका लागि १६ सहसचिवको नाम सिफारिस गरिसकेको छ । कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएको एक महिना भइसक्ता पनि सरकारले सचिव बढुवा नगरेका कारण विभिन्न मन्त्रालय र निकायको कामकारबाहीमा नकारात्मक असर पर्न थालेको हो ।
रक्षा, भूमिसुधार र परराष्ट्रजस्ता महत्वपूर्ण मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उपराष्ट्रपतिको कार्यालयमा सचिव रिक्त भएको दुई महिना बढी भइसकेको छ भने सूचना तथा सञ्चार मन्त्रालयमा हालै सचिव पद रिक्त भएको छ ।
रक्षा, भूमिसुधार र परराष्ट्र र सूचना तथा सञ्चार मन्त्रालय निमित्त सचिवका भरमा चलाइएका छन् । निमित्त सचिवलाई दैनिक प्रशासन चलाउनेबाहेक नया“ नीतिगत निर्णय गर्ने अधिकार नहुने भएकाले ती मन्त्रालयको कामकारबाहीमा असर परेको छ । राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उपराष्ट्रपतिको कार्यालयमा भने वरिष्ठ सहसचिवहरूलाई कामु सचिवको जिम्मेवारी दिइएको छ ।
सबभन्दा जुनियरलाई क्षेत्रमा पठाउने र सिनियरलाई राजधानीमा रहेका मन्त्रालय र निकायमा राख्ने आफ्नै निर्णयको समेत सरकारले उल्लंघन गरिरहेको छ । कन्फर्म सचिवहरू राजकुमार मल्ल, ङइन्द्रप्रसाद उपाध्याय, लोकदर्शन रेग्मी, श्रीरञ्जन लाकौल र शंकर अधिकारीलाई लामो समयदेखि क्षेत्रीय प्रशासकमा थन्काइएको छ । जबकि सरकारले कामु सचिवको जिम्मेवारी पाएकाहरूलाई भने राजधानीमै राखिरहेको छ ।
बढुवा समितिले निजामती ऐनको सबभन्दा वरिष्ठबाट सचिव हुने प्रावधानअनुसार एक पदका लागि कृषि मन्त्रालयका सहसचिव प्रभाकर पाठकलाई पदोन्नति गर्न सरकारलाई सिफारिस गरेको छ । ऐनको एक सचिवका लागि तेब्बर संख्यामा सिफारिस गर्ने प्रावधानअनुसार समितिले पा“च सचिवका लागि १५ सहसचिव अनुपकुमार उपाध्याय, चण्डिराज दाहाल, हरिकुमार श्रेष्ठ, नारायण्ँ रेग्मी,  राजेन्द्र सुवेदी, मधु रेग्मी, रञ्जनकृष्ण्ँ अर्याल,  भोला शिवाकोटी, शरदचन्द्र पौडेल, नरेन्द्रमान श्रेष्ठ, बद्री गोतम, सुनिलबहादुर मल्ल, लक्ष्मण्ँ मैनाली, कमलशाली घिमिरे र रामकुमार आचार्यको नाम सिफारिस गरेको छ ।

No comments:

Post a Comment