Friday, March 28, 2014

सार्क शिखर सम्मेलन नोभेम्बरमा

काठमाडौं, १३ चैत– सरकारले दक्षिण एसियाली आठ राष्ट्रको संगठन (सार्क) को १८ औं शिखर सम्मेलन आगामी नोभेम्बर महिनामा गर्ने तिथि तय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले काठमाडौंमा सार्क शिखर सम्मेलन नोभेम्बरमा गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
सार्कको १७ औं शिखर सम्मेलन मालदिभ्समा भएको थियो । यसपटक सम्मेलन आयोजना गर्ने पालो नेपालको हो । रिजालका अनुसार परराष्ट्र मन्त्रालयले सार्कका सदस्य राष्ट्रहरूसित कूटनीतिक सम्पर्कका माध्यमबाट नोभेम्बरको कुनकुन दिन सम्मेलन गर्ने भन्ने तय गर्नेछ । मन्त्रिपरिषदले सम्मेलनलाई भव्य–पमा सम्पन्न गर्न व्यवस्थापकीय तयारी गर्न परराष्ट्रसहित सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशनसमेत दिएको छ ।
राष्ट्रसंघीय समितिमा मल्लको उम्मेदवारी
सरकारले संयुक्त राष्ट्रसंघ मातहतको ‘यातनाविरुद्धको अन्तर्राष्ट्रिय समिति’ को सदस्यमा नेपालका तर्फबाट महिला अधिकारकर्मी एवं पूर्व सभासद सपना प्रधान मल्ललाई उम्मेदवार उठाउने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा मल्ललाई उम्मेदवार बनाइएको हो ।
जमैकासित कूटनीतिक सम्बन्ध
मन्त्रिपरिषदले क्यारेबियन मुलुक जमैकासित कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय गरेको छ । जमैका उत्तरी अमेरिकी मुलुक हो । जापानको फुकुआमा सहरमा अवैतनिक महावाण्ँिज्य दूतावास स्थापना गर्ने र त्यसमा जापानी नागरिकलाई नै महावाण्ँिज्य दूतमा नियुक्त गर्ने निणर््ँयसमेत मन्त्रिपरिषदले गरेको छ ।
पौने २ अर्ब सहयोग आउने
जापानले १ अर्ब ५१ करोड र स्वीस सरकारले ३५ करोड रुपैया“ अनुदान सहयोग गर्ने भएका छन् । मन्त्रिपरिषदले ती मुलुकद्वारा प्रस्तावित सहायता स्वीकार गर्ने निर्णय गर्दै सहयोगसम्बन्धी सम्झौता गर्न अर्थमन्त्रालयलाई अख्तियारी दिएको छ ।
पदक लिन स्वीकृति
ब्रुनाई सरकारले सेनानी विजलकुमार राई र प्रमुख सेनानी नवराज गुरुङलाई प्रदान गर्न लागेको पदक लिन पनि स्वीकृति प्रदान गरिएको छ ।


No comments:

Post a Comment