Thursday, March 6, 2014

कांग्रेसले मेची–महाकाली जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं, २२ फागुन– कांग्रेसले चैतको पहिलो सातादेखि देशव्यापी रूपमा स्थानीय चुनावको तयारी गर्न झन्डै एक महिना लामो ‘मेची–महाकाली जागरण अभियान’ सुरु गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिका अनुसार पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसले पा“चौं गिरिजाप्रसाद कोइराला स्मृति दिवसका दिन चैत ७ देखि झापाको बिर्तामोडमा कार्यक्रम गरी मेची–महाकाली अभियान सुरु गर्नेछ ।
संविधानसभा चुनावपछि उत्पन्न परिवर्तित परिस्थिति र घटनाक्रमबारे पार्टी कार्यकर्तालाई यथार्थ जानकारी गराई पार्टीको आदर्श, नीति, सिद्धान्त तथा समसामयिक राजनीतिका मुद्दाबारे प्रशिक्षित गर्न तथा आगामी स्थानीय चुनावको तयारी गर्न १४ वटै अञ्चलमा मेची–महाकाली जागरण अभियान सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको जागरण अभियान क्रमशः सबै अञ्चल, जिल्ला, निर्वाचन क्षेत्र, नगर÷गा.वि.स र वडा तहसम्म पु¥याउने कार्यक्रम कांग्रेसले तय गरेको छ । यस अभियानबाट तराई–मधेस, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा पिछडिएको वर्ग र क्षेत्रका स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय मुद्दा र तिनको वर्तमान अवस्थावारे थप छलफल गरी समस्या समाधानका लागि सम्पूर्ण पार्टी पंक्ति र आफ्नो नेतृत्वको सरकारलाई परिचालित गर्ने कार्यक्रमसमेत कांग्रेसको छ ।
कांग्रेसले पहिलो चरणमा चैतको ७ देखि ३० सम्म मेचीको बिर्तामोड, कोसीको विराटनगर, सगरमाथाको राजविराज, जनकपुरको धनुषा, नारायणीको वीरगन्ज, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, धवलागिरीको बाग्लुङ, लुम्बिनीको भैरहवा–बुटवल, राप्तीको घोराही–तुलसीपुर, कर्णालीको जुम्ला, भेरीको नेपालगन्ज, सेतीको धनगढी र महाकालीको कञ्चनपुरमा जागरण अभियान र प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । १४ वटै अञ्चलमा जागरण अभियानको तयारीका लागि अञ्चलस्तरीय कार्यक्रम हुने जिल्लाका पार्टी सभापतिलाई संयोजक तोकिएको छ ।



फागुन २२, २०७०

प्रेस विज्ञप्ति

“मेची महाकाली जागरण अभियान”

पार्टी कार्यकर्तालाई आम निर्वाचन पश्चात उत्पन्न परिवर्तित परिस्थिति र घटनाक्रमबारे यथार्थ जानकारी गर्ने, पार्टीको आदर्श, नीति, सिद्धान्त तथा समसामयिक राजनीतिका मुद्धाहरुबारे प्रशिक्षित गनेर्, एवं आगामी स्थानीय निकायको निर्वाचन समेतलाई मध्यनजर राख्दै नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले मुलुकका १४ वटै अञ्चलमा “मेची महाकाली जागरण अभियान” संचालन गर्दैछ ।

अञ्चल स्तरीय कार्यक्रमको आरम्भ “पाचौं गिरिजा प्रसाद कोइराला स्मृति दिवस (चैत्र ७)” को अवसर पारेर मेची अञ्चल झापाको विर्तामोडबाट हुनेछ । यो कार्यक्रम क्रमश सवै अञ्चल, जिल्ला, निर्वाचन क्षेत्र, नगर÷गा.वि.स र वडा तहसम्म पु¥याईने छ ।

कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना महिला सहित ३ जनाको सहभागिता रहनेछ । साथै यस अघिको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागिहरु तथा जिल्लास्थित प्रशिक्षण शाखा प्रमुखहरु आ–आफ्नो अञ्चलको कार्यक्रममा रहनेछन् ।

यस कार्यक्रमबाट तराई मधेस, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा पिछडिएको वर्ग क्षेत्रका स्थानीय, क्षेत्रीय र राष्ट्रिय मुद्धाहरु र तिनको वर्तमान अवस्थावारे थप छलफल गरी उपयुक्त संवोधनकालागि सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित गर्ने लक्ष्य रहेको छ ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रम निम्नअनुसार रहेको छ ।

क्र.स    अञ्चल    कार्यक्रम स्थल    कार्यक्रम संयोजक (जिल्ला सभापति)    कार्यक्रम मिति    कैफियत
ज्ञ।        मेची    झापा (विर्तामोड)    उद्धव थापा    चैत्र ७, ८ र ९   
द्द।        कोशी    मोरङ (विराटनगर)    अमृत अर्याल    चैत्र ८, ९ र १०   
घ।        सगरमाथा    सप्तरी (राजविराज)    दिनेश यादव    चैत्र ९, १० र ११   
द्ध।        जनकपुर    धनुषा (जनकपुरधाम)    रामसरोज यादव    चैत्र १०, ११ र १२   
छ।        नारायणी    पर्सा (वीरगंज)    सुरेन्द्रप्रसाद चौधरी    चैत्र ११, १२ र १३   
ट।        महाकाली    कञ्चनपुर (महेन्द्रनगर)    बहादुर सिं थापा    चैत्र १६, १७ र १८   
ठ।        सेती    कैलाली (धनगढी)    नरनारायण शाह    चैत्र १७, १८ र १९    
ड।        भेरी    बाँके (नेपालगञ्ज)    डा. अरुण कोइराला    चैत्र १८, १९ र २०   
ढ।        राप्ती    दाङ (घोराही)÷तुल्सीपुर    घनश्याम रेग्मी    चैत्र १९, २० र २१   
ज्ञण्।        लुम्विनी    रुपन्देही (भैरहवा)÷ बुटवल    अब्दुल रज्जाक    चैत्र २०, २१ र २२   
ज्ञज्ञ।        धवलागिरी    वाग्लुङ    प्रकाश शर्मा पौडेल    चैत्र २६, २७ र २८   
ज्ञद्द।        गण्डकी    कास्की (पोखरा)    यज्ञबहादुर थापा    चैत्र २७, २८ र २९   
ज्ञघ।        कर्णाली    जुम्ला    दिप बहादुर शाही       
ज्ञद्ध।        बाग्मती    काठमाडौं    भिमसेनदास प्रधान    चैत्र २८, २९ र ३०   


No comments:

Post a Comment