Wednesday, March 19, 2014

गरीब प्रधानमन्त्रीका धेरैजसो मन्त्री धनी

काठमाडौं, ५ चैत– प्रधानमन्त्री सुशील कोइरालाको न त घरजग्गा छ, न त बैंक खाता नै । उनको सम्पत्तिको नाममा तीनवटा मोबाइल फोनमात्र छन् । मन्त्रिपरिषदका सदस्यहरूको बुधबार सार्वजनिक सम्पत्ति विवरणमा प्रधानमन्त्रीको तीन थान मोबाइलबाहेक अरू सम्पत्ति नभएको उल्लेख छ ।
‘सुकुम्बासी’ कोइरालाका धेरैजसो मन्त्री भने करोडपति छन् । उनीहरूको गृह जिल्लामा मात्र होइन राजधानीमै घरघडेरीमात्र होइन, बैंकमा पचासौं लाख नगद, विभिन्न बैंक तथा वित्तीय संस्थामा ५०/६० लाखसम्मको शेयर र लाखौंको गरगहनालगायतका सम्पत्ति रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा उल्लेख छ ।
पटकपटक मन्त्री भएकाहरूको सम्पत्ति बढी रहेको छ । उनीहरूमध्ये धेरैजसोले स्वआर्जन, पैत्रिक, र पारिश्रमिकबाट त्यति धेरै सम्पत्ति आर्जन गरेको दाबी गरेका छन् । पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यको मात्र सम्पत्ति विवरण हुन बा“की छ, अरू सबै मन्त्रीले सार्वजनिक गरेका छन् ।
उपप्रधानमन्त्रीद्वय बामदेव गौतम र प्रकाशमान सिंह दुवै धनी मन्त्री हुन् । गौतमको गृह जिल्ला बर्दियाको डेउडाकलामा छोरा हरिशदेवको नाममा तीन कठ्ठा जग्गा, राजधानीमा बालकुमारीस्थित निर्माणाधीन भेगास सिटीमा पत्नी तुलसाको नाममा ५० लाख रुपैया“को फ्ल्याट, ललितपुरको छम्पीमा ७ आना २ पैसा जग्गा, बुहारी ताराको नाममा काठमाडौंको सांग्ला गाविसमा १ रोपनी जग्गा, भरतपुरमा छोराको नाममा १३ लाख ३३ हजारको जग्गा सम्पत्तिका रूपमा रहेको छ । बुहारीको नाममा हुन्डाई आई २० गाडी छ ।
गौतमको छोरा र आफ्नो नाममा एक करोड रुपैया“भन्दा बढी नगद छ । उनको सुन ३५ तोला, चा“दी एक सय तोला, हीरा एक सेट, बैंंकमा छोराको नाममा ९६ लाख र आफ्नै नाममा १ लाख तथा पत्नी तुलसाको नाममा बैंक तथा वित्तीय संस्थामा ११ लाख रुपैया“ बराबरको शेयर छ । नबिल बैंकबाट १ करोड रुपैया“ ऋण लिएकोमध्ये ५० लाख रुपैया“ तिरिसकेको गौतमले उल्लेख गरेका छन् । गौतमले आफ्नो सम्पत्तिको स्रोतमा बुहारीको पेवा, स्वआर्जन, पारिश्रमिक र पैतृक भएको उल्लेख गरेका छन् ।
अर्का उपप्रधानमन्त्री सिंहको क्षेत्रपाटीमा सगोलको ७ रोपनी जग्गामा दुइटा घर, अपार्टमेन्ट, उपत्यकाभित्र ३२ रोपनी जग्गा, धनुषामा ३० बिघा जग्गा रहेको उल्लेख गरेका छन् । उनको ६५ तोला सुन, करिब २ किलो चा“दीको गरगहना, बैंकमा ७ लाख ६४ हजार रुपैया“, विभिन्न बैंक तथा वित्तीय संस्थामा १५ लाख रुपैया“ बराबरको शेयर, टोयोटा प्राडो गाडी र एउटा मोटरसाइकल सम्पत्ति रहेको विवरणमा छ ।
सम्पत्तिका दृष्टिले श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ धनी मन्त्रीमा पर्छन् । उनको राजधानीमा १७ रोपनी, १४ आना र ८ आनामा बनेका तीनवटा घर, चितवनमा ९ बिघा, भैरहवामा डेढ बिघा, गृह जिल्ला मनाङ १० रोपनी जग्गा छ । यसका अतिरिक्त उनको ४१ लाख रुपैया“बराबरको शेयर, दुइटा मह“गा जिप र एउटा कार र १५ लाख रुपैया“ ऋण रहेको उल्लेख छ । उनले आफूले व्यापार र पृत्रिक सम्पत्तिबाट सम्पत्ति आर्जन गरेको उल्लेख गरेका छन् ।
अर्थमन्त्री रामशरण महतको काठमार्डौं बा“सबारीमा १ रोपनी २ आनामा बनेको साढे दुई तले घर, १६३ वर्ग मिटरको अपार्टमेन्ट, राजधानीमा ४ रोपनी र काभ्रेमा १४ रोपनी, गृह जिल्लाको चौघडामा ६३ रोपनी जग्ग, अंशबण्डा हुन बा“की घरजग्गा छ । उनको सम्पत्ति धेरैजसो पत्नी रोशनाको नाममा छ । सम्पत्तिको स्रोतमा स्व आर्जन र माइतीबाट दाइजो र पेवाका रूपमा पाएको उल्लेख छ । उनको सुनको गहना ९५ तोला, चा“दी २१० तोला, केही हिराका गहना, टोयोटा प्राडो गाडी र मारुती कार, बैंकमा करिब ६४ लाख नगद, विभिन्न बैंकमा ८ लाखभन्दा बढीको शेयर रहेको उल्लेख छ । उनले बैंकबाट १ करोड १० लाख रुपैया“ ऋण लिएकोसमेत उल्लेख गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिमलेन्द्र निधिको भक्तपुर कटुञ्जेमा १ रोपनी जग्गा, सुन ६० तोला, चा“दी १५० तोला, नगद र बैंकमा गरी करिब ४५ लाख रुपैया“, २ लाखभन्दा बढीको शेयर सम्पत्तिका रूपमा रहेको छ । तर, उनले गृह जिल्ला धनुषामा रहेको पैतृक सम्पत्ति छुट्टै पेस गरेको उल्लेख गरेको छन्, त्यो वेबसाइटमा उल्लेख छैन ।
कानुनमन्त्री नरहरि आचार्यको राजधानीमा आफ्नो नाममा १ रोपनी २ आनामा बनेको घर, राजधानीमा १ रोपनी जग्गा, तनहु“को दमौलीमा ६४५ वर्ग फिटमा बनेको घर र १८ रोपनी जमिन, सुन ७ तोला, चा“दी १ किलो, बैंकमा १२ हजार रुपैया“ र मोटरसाइकल तथा पत्नी शारदाको नाममा राजधानीमा २ आना १ पैसा र चितवनमा ३० कट्ठा जग्गा, ३० लाख नगद, ३५ तोला सुन र डेढ किलो चा“दीका गहना सम्पत्तिका रूपमा रहेको उल्लेख गरेका छन् ।
वन मन्त्री महेश आचार्यको मोरङको विराटनगरमा ३ कट्ठा, झोराहाटमा २ बिगा जग्गा, राजधानीमा ६ आना २ पैसामा बनेको घर, ४५ तोला सुन, बैंकमा ६५ लाख नगद, बैंक तथा वित्तीय संस्थामा करिब १० लाखको शेयर सम्पत्ति रहेको उल्लेख छ ।
शिक्षामन्त्री चित्रलेखा यादवको आफ्नो र पति कृष्ण यादवको नाममा राजधानीमा ४ र सिराहामा एउटा गरी ५ ठाउ“मा घरजग्गा, ललितपुर र गृह जिल्ला सिराहामा ११ ठाउ“मा जग्गा, विभिन्न बैंकमा नगद र शेयर, मारुती सुजुकी गाडी, मोटरसाइकल सम्पत्ति र ८८ लाख रुपैया“बराबरको शेयर रहेको छ ।
सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल र उनकी पत्नी दुर्गा रिजालको नाममा  गृह जिल्ला मोरङको विराटनगरमा साढे ११ कठ्ठामा घरजग्गा, दुलारी गाविसमा आठ बिघा जग्गा, राजधानीमा २ रोपनी जग्गा र घर, सुन ४० र चा“दी ४ सय तोला, बैंकमा ५० लाख नगद, विभिन्न संस्थामा सवा करोड रुपैया“बराबरको शेयर, मारुती सुजुकी गाडी सम्पत्ति रहेको उल्लेख छ ।
ऊर्जा मन्त्री राधा ज्ञवाली र परिवारको नाममा बुटवलमा डेढ कट्ठामा बनेको दुईतले घर, १ कट्ठा १० धुर जग्गा, ९ लाख १० हजार नगद, सुन १० तोला, चा“दी २० तोला, ३ लाख रुपैया“ बराबरको शेयर, फोर्ड गाडी र स्कुटर रहेको छ । सिंचाइमन्त्री एनपी सावदको कञ्चनपुर र डडेल्धुरामा घरजग्गा, ५० रोपनी जग्गा, सुन ३२ र चा“दी ७० तोला, बैंकमा साढे १८ लाख रुपैया“ नगद, करिब ३० हजार रुपैया“को शेयर रहेको छ ।
सहरी विकासमन्त्री नारायण खड्काको राजधानीमा दुई ठाउ“मा घरजग्गा, अर्को एउटा घडेरी र गृह जिल्ला उदयपुरमा एक कट्ठा जग्गा, सुन १८ तोला, बैंकमा करिब ४ लाख नगद, र टोयोटा कार सम्पत्ति छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको राजधानीमा १० आनामा बनेको घर, गृह जिल्ला नुवाकोटमा २६ रोपनी जग्गा, काठमाडौं, चितवन र बेंसीसहरमा घडेरी, सुन १० र चा“दी २० तोला, बैंकमा १६ लाख नगद, २ लाखको शेयर, ५ लाख ऋण, मोटरसाइकल दुइटा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
स्वास्थ्यमन्त्री खगराज अधिकारीको पोखरामा घरघडेरी, ४ हजार २ सय ५० वर्ग मिटर जग्गा, नगद ५ लाख ५० हजार, सुन तीन तोला, ६ लाखभन्दा बढीको शेयर र ऋण २ लाख रहेको सम्पत्ति विवरणमा छ । अर्का मन्त्री लालबाबु पण्डितको राजधानीमा ४ आना घडेरी, गृह जिल्ला मोरङमा १ कट्ठामा बनेको घर, करिब चार बिघा खेतीयोग्य जमिन, सुन र चा“दा १०/१० तोला, बैंकमा ४७ लाख नगद सम्पत्ति छ ।
भूमिसुधारमन्त्री दलबहादुर रानाको राजधानी र गृह जिल्ला पाल्पामा घरघडेरी, छोराको नाममा बेलायतमा घर, सुन ११ तोला, बैंकमा ७० हजार नगद र शेयर ३ हजार रुपैया“ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
उद्योगमन्त्री कर्णबहादुर थापाको गृह जिल्ला बाजुरामा घरघडेरी, ६ हजार १ सय वर्ग मिटर कृषियोग्य जग्गा, राजधानीमा साढे २ आना घडेरी, सुन १७ र चा“दी २२० तोला, बैंकमा ४६ हजार नगद, एउटा मोटरसाइकल, बाख्रा १५, गाई तीनवटा, कम्प्युटर र १२ लाख रुपैया“ ऋण रहेको सम्पत्ति विवरणमा छ ।
सम्पत्ति विवरणमा अर्का मन्त्री हरिप्रसाद पराजुलीको नाममा गृह जिल्ला बा“केको कोहलपुर र भरतपुर नगरपालिकामा घरघडेरी, कोहलपुरमा ३ बिघा जग्गा, काठमाडौं र भरतपुरमा घडेरी, १४ लाख नगद,  सुन २२ र चा“दी ७ तोला, ट्याक्टर चार, मोटरसाइकल दुई र माटो खन्ने मेसिन र ऋण २७ लाख रहेको उल्लेख छ ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको भक्तपुर, निजगढ र हेटौंडामा घरघडेरी, निजगढमा २० आना जग्गा, सुन ८ तोला, चा“दी १० तोला, बैंकमा २ लाख ५० हजार नगद, करिब ३ लाख रुपैया“ बराबरको शेयर, एउटा स्कुटर र ऋण ५ लाख रुपैया“ रहेको सम्पत्ति विवरणमा छ ।








No comments:

Post a Comment