Wednesday, September 17, 2014

बाढीपीडितलाई २ करोडभन्दा बढी सहयोग

काठमाडौं, ३१ भदौ– नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंकसहित विभिन्न संघसंस्थाले बाढी–पीडितहरूको राहत र पुनःस्थापनाका लागि २ करोड रुपैया“भन्दा बढी सहयोग गरेको छ । ती संघसंस्थाले आइतबार प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रकम जम्मा गरेका हुन् ।
नागरिक उड्डयन प्राधिकरणले कोषमा १ करोड रुपैया“ प्रदान गरेको छ । प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले आइतबार उक्त रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । राष्ट्रिय वाणिज्य बंैकले बाढीपीडितको सहयोगार्थ कोषमा २५ लाख रुपैया“ प्रदान गरेको छ । बैकका अध्यक्ष डा. रेवतबहादुर थापाले चेक प्रधानमन्त्रीलाई प्रदान गरेका थिए ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिका अनुसार कोरिया बस्ने नेपालीहरूले बाढीपीडितका लागि १३ लाख २५ हजार तथा बेलायत बस्ने नेपालीहरूले १ लाख ५० हजार १ सय ८ रुपैया“ राहत कोषमा सहयोग पठाएका छन् । 

माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपीडितका लागि १० लाख रुपैया“ सहयोग गरेको छ । बिमा समितिले उद्वार कोषमा ७ लाख ६७ हजार ५ सय रुपैया“ प्रदान गरेको छ । प्रभु ग्रुपले बाढीपीडितका लागि सहयोगार्थ ३ लाख ३३ हजार ३ सय ३३ रुपैया“ सहयोग गरेको छ । ग्रुपका तर्फबाट अध्यक्ष देवीप्रकाश भट्टचनले चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । रेमिटर्स एसोसियसन अफ नेपालले राहत कोषमा १ लाख २ हजार रुपैया“ प्रदान गरेको छ । 
कृष्ण प्रणामी सेवा समिति नेपालले बाढीपीडितको सहयोगार्थ कोषमा ३ लाख, पश्चिम नेपाल बस व्यवसायी संघ बुटबलले २ लाख २२ हजार २ सय २२, तमु धिं कास्की बगर तमु समाज पोखराले १ लाख ५ हजार रुपैया“ सहयोग गरेका छन् ।
त्यसैगरी केमिकल एण्ड मेडिकल सप्लाएर नेपालले १ लाख ५१ हजार, कोरोना इन्टरनेशनल स्कूलले  ५० हजार १ सय १, नेपाल पर्यटन तथा  होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले ४१ हजार ४ सय ९७  रुपैया“ बाढीपीडितका लागि सहयोग गरेका छन् ।

No comments:

Post a Comment