Thursday, September 4, 2014

टेलिकमसहित विभिन्न निकायमा प्रमुख नियुक्ति

काठमाडौं, १९ भदौ– सरकारले विभिन्न निकायमा रिक्त प्रमुख पदमा नियुक्ति गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा बुद्धिप्रसाद आचार्यलाई नियुक्त गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
आचार्य टेलिकममा बाह्रौं तहका चार्टर्ड एकाउन्टेन्ट एवं निमित्त प्रबन्ध निर्देशक थिए । सरकारले टेलिकममा पहिलोपटक प्रबन्ध निर्देशकमा गैर इन्जिनियरलाई नियुक्त गरेको हो । यसअघि प्रबन्ध निर्देशकमा इन्जिनियर सेवाका व्यक्तिमात्र नियुक्त हुन्थे ।
सरकारले अधिकार सम्पन्न एकीकृत बाग्मती विकास समितिको अध्यÔमा किशोर थापालाई नियुक्त गरेको छ । उनी सहरी विकास मन्त्रालयबाट हालै सेवा निवृत्त सचिव हुन् ।
राष्ट्रिय बिमा संस्थानको प्रशासकमा अश्विनीकुमार ठाकुरलाई नियुक्त गरेको छ । ठाकुर राष्ट्रबैंकबाट सेवा निवृत्त कार्यकारी निर्देशक हुन् । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा. रेवतबहादुर कार्कीलाई निुक्त गरिएको छ । कार्की पनि राष्ट्रबैंककै सेवा निवृत्त अधिकारी हुन् ।
पूर्व न्यायाधीश ठाकुरप्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्ला फा“टा जग्गा अधिग्रहण तथा मुआब्जा जा“चबुझ आयोग गठन गरिएको छ ।

तत्काल राहत र पुनःस्थापनाको कार्य थालिने
प्रधानमन्त्रीले स्थलगत निरीक्षण गर्ने क्रममा दिएको निर्देशनअनुसार बाढी–पहिरोबाट बढी जनधनको क्षति भएका बा“के, बर्दिया, सुर्खेत र दाङमा राहत, पुनःस्थापना र पुननिर्माणका लागि सम्बन्धित जिल्लाबाट आएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसमेत मन्त्रिपरिषदले गरेको छ ।
मन्त्रिपरिषदले गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री रामशरण महत र आपूर्तिमन्त्री सुनिलबहादुर थापा र मुख्यसचिव लीलामणि पौडेललाई प्रतिवेदन तत्काल कार्यान्वयनका लागि बिहीबार नै टुंगोमा पुगेर गृह मन्त्रालय मातहतको दैवी प्रकोप सहायता केन्द्रमार्फत् तत्काल राहत र पुनःस्थापनाको काम अघि बढाउने जिम्मा दिएको छ । 
बाढी–पहिरो पीडितलाई पुनःस्थापना र क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य अघि बढाउने निर्णय गौतम नेतृत्वको समितिको सिफारिसमा मन्त्रिपरिषदको आगामी बैठकले गर्ने जानकारी रिजालले दिए ।
मन्त्रिपरिषदले सगरमाथा आधार शिविरमा गत वैसाख ५ मा हिमपहिरोमा परी मृत्यु भएका १३ जना र बेपत्ता तीन जनाको परिवारलाई राहत दिने निर्णय गरेको छ । प्रतिपरिवार कतिका दरले राहत दिने भन्ने जानकारी भएन सरकारले दिएन ।

No comments:

Post a Comment