Tuesday, September 2, 2014

मलाई क्यान्सरले केही गर्न सक्तैन : प्रधानमन्त्री

काठमाडौं, १७ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई क्यान्सर रोगले पनि केही गर्न नसक्ने बताएका छन् ।  बालुवाटारमा सोमबार बिहान बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिने राहत रकम ग्रहण गर्दै उनले क्यान्सर रोगले आफ्नो कामकारबाहीमा कुनै असर नपार्ने बताएका हुन् ।
‘मलाई क्यान्सरले पनि केही गर्न सक्दैन । मैले नै क्यान्सरलाई खाइसकें’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले देशको विकासका लागि काम गर्ने समय आएको पनि बताए । उनले ६० वर्षदेखि मुलुक अध्यारोमा रहेको बताउ“दै विकासका प्रयासमा साथ दिन सबैलाई आग्रह गरे । 
प्रधानमन्त्रीले हालै नेपाल भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको सद्भावलाई सही सदुपयोग गर्नुपर्ने बताए । ‘भारतले जुन सौहार्दता देखाएको छ, त्यसको सम्मान गर्नुपर्छ र समानताका आधारमा सम्बन्ध विकसित गर्नुपर्छ’ कोइरालाले भने– ‘नेपाललाई तल पारेर गर्नुहु“दैन ।”

कोइरालाले नेपालमा जनताले चाहेजस्तो राजनीतिक प्रणाली प्राप्त भइसकेको अबको समय विकास निर्माणमा लगाउनुपर्ने विचार व्यक्त गरे । ‘अब देशमा शान्ति, स्थायित्व, लोकतन्त्र र लोकतान्त्रिक संविधान आउ“छ’ उनले भने– ‘अब नेपालले उज्यालो पाउ“छ ।’

No comments:

Post a Comment