Monday, September 1, 2014

एलडीसी राष्ट्रको सम्मेलन काठमाडौंमा हुने

काठमाडौं, १६ भदौ– मुलुकमा विकास आयोजनाहरूको तर्जुमा गर्ने राष्ट्रिय योजना आयोगले आफ्नो भूमिकालाई समयसापेक्ष पुनर्संरचना र परिमार्जन गर्ने निर्णय गरेको छ । भारतमा योजना आयोग खारेज गरी विकास आयोजनाकहरूको तर्जुमा गर्न ‘थिंक ट्यांंक’ को विकल्प अघि सार्ने गृहकार्य भइरहेका बेला प्रधानमन्त्री एवं आयोगका अध्यक्ष सुशील कोइरालाको संयोजकत्वमा बसेको बैठकले यसको भूमिकालाई समयसापेक्ष पुनर्संरचना र परिमार्जन गर्ने निर्णय गरेको हो ।
आयोगले विश्वका अति कम विकसित (एलडीसी) ४९ मुलुकको मन्त्रीस्तरीय सम्मेलन नेपालमा गर्ने निर्णय गरेको छ । आगामी नोभेम्बर महिनामा हुने सार्क शिखर सम्मेलनको लगत्तै एलडीसीको बैठक काठमाडौंमा आयोजना गरिने जानकारी उपाध्यक्ष गोविन्द पोखरेलले जानकारी दिए । उनका अनुसार परराष्ट्र र अर्थमन्त्रालयले समन्वय गरी एलडीसी राष्ट्रहरूको सम्मेलनको मिति तय गर्नेछन् ।

पोखरेलका अनुसार आयोगले उपाध्यक्ष र सदस्यहरूको नेतृत्वमा १४ वटै अञ्चलमा गएर राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको स्थलगत अध्ययन गरी प्रगति विवरण बुझ्ने र कुनैमा समस्या भए तत्काल समाधान गर्ने निर्णयसमेत गरेको छ ।

No comments:

Post a Comment