Saturday, September 27, 2014

बाढीपीडितलाई चाडपर्व मनाउन प्रतिपरिवार ३ हजार दिइने

काठमाडौं, ११ असोज– सरकारले बाढीपहिरोमा परी घरवारविहीन भएका पीडित परिवारलाई दसैं, तिहार, छठलगायतका चाडपर्व मनाउन खर्च दिने भएको छ । सरकारले गृह मन्त्रालय मातहतको केन्द्रीय दैवी प्रकोप उद्धार समितिमार्फत् बाढीपहिरो पीडितलाई पर्व खर्चका लागि प्रतिपरिवार ३ हजार रुपैया“ दिने निर्णय गरेकोे जानकारी सिंचाइमन्त्री एनपी साउदले दिए ।
गत साता बाढीपहिरो प्रभावित Ôेत्रको स्थलगत भ्रमण गरेर फर्किएपछि राष्ट्रपति डा. रामवरण यादवले कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमसितको भेटमा तत्काल राहत प्याकेज ल्याउन सरकारलाई आग्रह गरेका थिए । 

राजधानीमा शनिबार आयोजित कार्यक्रममा मन्त्री साउदले प्रति बाढीपहिरो पीडित व्यक्तिलाई दैनिक दिंदै आएको ३५ रुपैया“लाई बढाएर सरकारले असोज महिनाभरका लागि प्रतिदिन ५० रुपैया“ पु¥याउने निर्णय गरेको जानकारीसमेत दिए ।
बाढी पहिरोबाट विस्थापितहरूको पुनःस्थापना र पुनर्बासको प्याकेज तयार भइरहेको उल्लेख गर्दै उनले अहिलेसम्म बाढी पीडितलाई १६ करोड रुपैया“को राहत वितरण गरिसकिएको जानकारी दिए ।
बा“के, बर्दिया, सुर्खेत, मुगु र दाङलगायत विभिन्न जिल्लामा बाढीपहिरोबाट १० हजार घर पूर्णरूपमा Ôति भएको र २५ हजार घर आंशिक Ôतिग्रस्त भएको उल्लेख गर्दै सिंचाइमन्त्री साउदले बाढीपहिरोबाट यस वर्ष १३ अर्ब रुपैया“भन्दा बढीको भौतिक संरचना ध्वस्त भएको जानकारी दिए ।

No comments:

Post a Comment