Wednesday, September 17, 2014

संवैधानिक पदाधिकारीको सिफारिस भोलि

काठमाडौं, १ असोज– तीन संवैधानिक निकाय मानव अधिकार आयोग, लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्न बिहीबार संवैधानिक परिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष सुशील कोइरालाले बिहीबार बिहान बस्ने गरी परिषद बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले तीन संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिको सिफारिस गर्नेबारेमा छलफल गर्ने लिखित एजेन्डासहित बैठक बोलाएको जानकारी परिषदका सदस्य एवं सभामुख सुवास नेम्वाङले दिए ।
प्रधानमन्त्रीले तीन संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्न सोमबार बोलाएको बैठक एमाओवादी नेता पोष्टबहादुर बोगटीको निधन भएका कारण स्थगित भएको थियो । परिषदका सदस्य एवं प्रतिपक्षी नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बोगटीको निधन भएका कारण आउन नसक्ने भएपछि सोमबारको बैठक स्थगित गरिएको जानकारी प्रधानमन्त्री निकट स्रोतले दिए ।

प्रधानमन्त्री कोइराला १४ दिन लामो विदेश भ्रमणमा जाने अघिल्लो दिन परिषदको बैठक राखेर तीनवटै संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस गर्ने तयारीमा छन् । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ३ मा अमेरिका जाने र असोज १६ मा मात्र स्वदेश फर्कने कार्यक्रम छ । 
संवैधानिक निकायहरू मानव अधिकार आयोगमा पूरै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन आयुक्त र लोकसेवा आयोगमा दुई सदस्य पद रिक्त भएको लामो समय भइसकेको छ । पदाधिकारी नभएकाले ती निकायको कामकारबाही मानव अधिकारी आयोगमा पूरै र बा“की दुइटामा आंशिक रूपमा प्रभावित भएको छ ।






No comments:

Post a Comment