Wednesday, September 10, 2014

बाढीपीडितका लागि राहत कोषमा नौ लाख सहयोग

काठमाडौं, २५ भदौ– दुई बैंकसहित चार संस्थाले बाढी–पीडितहरूलाई राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोषमा करिब नौ लाख रुपैया“ सहयोग गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा एनआईसी एसिया बैंक लिमिटेडले बाढीपीडितको सहयोगार्थ राहत कोषमा ५ लाख ५१ हजार रुपैया“ राहत कोषमा जम्मा गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र संघाईले प्रधानमन्त्री  सुशील कोइरालालाई चेक हस्तान्तरण गरेका थिए ।

एनडीईपी बैंकका तर्फबाट अध्यक्ष सुवर्णबहादुर बज्राचार्यले २ लाख ३६ हजार रुपैया“ कोइरालालाई हस्तान्तरण गरे । बुटबल नेवाःसमाज समितिले ७५ हजार र चीनमा मेडिसिन अध्ययनरत विद्याथीहरूले ५७ हजार रुपैया“ राहत कोषमा सहयोग गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले  दाताहरूले उदारतापूर्वक  दिएको रकम दुरुपयोग हुन नदिन यसपटक विशेष सतर्कता अपनाइएको र वास्तविक पीडितलाई सहयोग पु¥याउनका लागि सबैको सजगता आवश्यक रहेको बताएका थिए ।

No comments:

Post a Comment