Wednesday, September 17, 2014

कांग्रेसमा मनोनयनप्रति देउवा पक्षको असन्तुष्टि

आमन्त्रित सदस्य मनोनयन विधानविपरीत : देउवा पक्ष
काठमाडौं, ३१ भदौ– आफूहरुसित कुनै सल्लाह नगरी सभापति सुशील कोइरालाले एकपक्षीय रूपमा केन्द्रीय समिति विस्तार गरेको जनाउ“दै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले असन्तुष्टि व्यक्त गरेका छन् । उनी असन्तुष्टि प्रकट गर्न सोमबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा समेत उपस्थित भएनन् ।
कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो चार वर्षको कार्यकाल सकिन पा“च दिन बा“की छ“दा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएका छन् । कोइरालाले ६ केन्द्रीय सदस्य र ६ आमन्त्रित सदस्य मनोनयन गरी केन्द्रीय समितिलाई पूर्णता दिएका हुन् । उनले केन्द्रीय कार्यसंपादन समिति र विभागहरू भने अझै गठन गरेका छैनन् । 

देउवा पक्षले सभापति कोइरालामाथि आफूहरूसित सल्लाह नगरी एकलौटी रूपमा छ सदस्य मनोनयन गरेको र विधानविपरीत केन्द्रीय समितिमा ६ जना आमन्त्रित सदस्य मनोनयन गरेको टिप्पणी गर्दै रोष प्रकट गरेको छ ।

 कोइरालाले केन्द्रीय कार्यसमितिमा धेरैजसो युवालाई ल्याएका छन्, जसमध्ये ६ जना नेविसंंघका पूर्व अध्यक्ष छन । केन्द्रीय सदस्यमा मनोनयन हुनेमा जुम्लाका दिनबन्धु श्रेष्ठ, कञ्चनपुरका प्रतापराम लोहार, महोत्तरीका श्याम घिमिरे, तनहु“का गोविन्द भट्टराई, तनहु“कै प्रदिप पौडेल, मोरङका गुरु घिमिरे छन् । भट्टराई, घिमिरे र पौडेल क्रमशः ०५३, ०५९ र ०६४ का नेविसंंघका केन्द्रीय सभापति हुन् । 
मनोनीत आमन्त्रित सदस्यमा सुनसरीका दिलकुमारी राई, धुनषाका भोला चौधरी, डडेलधुराका केशव सिंंह, बर्दियाका महेन्द्र शर्मा र महोत्तरीका कल्याण गुरुङ छन् । आमन्त्रित मध्ये केशव सिंह ०६१, शर्मा ६२ र गुरुङ ६४ नेविसंघका सभापति हुन् । तर, ०५७ का नेविसंघ सभापति विश्वप्रकाश शर्मालाई भने केन्द्रीय सदस्यमा ल्याइएको छैन, उनी हालै कोइराला समूह छाडेर देउवातिर लागेकाले मनोनयनमा नपारिएको स्रोतले उल्लेख गरेको छ । मनोनीतमा परेका सबै सदस्य संस्थापन पक्षका हुन् ।
देउवा समूहले केन्द्रीय सदस्य मनोनयनमा आफ्नो पक्षसित सल्लाह नगरी एकलौटी गरिएको टिप्पणी गरेको छ । ‘केन्द्रीय सदस्य मनोनयनमा सभापति कोइरालाले देउवासित कुनै सल्लाह नगरी मनोनयन गरेका हुन्’ देउवा निकट मानिने सहमहामन्त्री पूर्णबहादुर खड्काले भने ।
उनले केन्द्रीय समितिमा ६ जना आमन्त्रित सदस्य मनोनयन गरेर सभापतिले विधान नै उल्लंघन गरेको बताए । ‘कांग्रेसको विधानमा स्थायी रूपमा आमन्त्रित सदस्य मनोनीत गर्ने व्यवस्था नै छैन । विधानमा त केन्द्रीय र मातहतका समितिले आफ्नो बैठकमा आवश्यकता परेका बेला पार्टीमा योगदान पु¥याएका र विज्ञलाई आमन्त्रित गर्न सक्नेमात्र व्यवस्था छ, स्थायी रूपमा आमन्त्रित सदस्य नियुक्त गर्नुविपरीत हो’ खड्काले भने ।

No comments:

Post a Comment