Saturday, September 13, 2014

एमालेका मन्त्रीद्वय आचार्य र थापा बर्खास्त

अमात्य र बस्नेत मन्त्री नियुक्त
काठमाडौं, २८ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख सत्ता साझेदार दल एमालेका दुई मन्त्रीलाई शुक्रबार सा“झ बर्खास्त गरी दुई जना नया“ नियुक्त गरेका छन् । प्रधानमन्त्रीले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई बर्खास्त गरेका हुन् ।
कोइरालाले एमालेको सिफारिसमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा दीपकचन्द्र अमात्य र उद्योगमन्त्रीमा महेश बस्नेतलाई नियुक्त गरेका छन् । अरू मन्त्रीको कार्यविभाजन भने यथाव्त रहेको प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बस्नेत एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली तथा अमात्य वरिष्ठ नेता झलनाथ खनाल निकट हुन् । एमालेले संविधानसभाको प्रत्यक्ष चुनाव जितेका सभासदद्वय आचार्य र थापालाई हटाएर दुवै जना गैर सभासदलाई मन्त्री बनाएको हो । अमात्य खनाल प्रधानमन्त्री हु“दा प्रमुख स्वकीयसचिव थिए । उनी २०४७ मा कृषिमन्त्री हु“दा पनि अमात्य स्वकीयसचिव थिए ।
एमालेको भातृ संगठन युवा संघ अध्यक्ष बस्नेत ओलीका निकट सहयोगी हुन् । उनी हालै सम्पन्न एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । उनी भक्तपुर–२ बाट संविधानसभामा समेत पराजित एमाले उम्मेदवार हुन् । आचार्य एमाले महाधिवेशनबाट सचिवमा र थापा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

एमालेका सचिव प्रदीप ज्ञवालीले वरिष्ठ नेताहरूको छलफलबाट नै पार्टीबाट सरकारमा गएका दुई मन्त्री परिवर्तन गरिएको बताए । उनले आचार्य र थापालाई के कारणले हटाइएको हो भन्नेबारेमा भने केही बताउन चाहेनन् । एमाले अध्यक्ष ओलीले भने आचार्य र थापाकै सहमतिमा उनीहरूलाई हटाएर दुई जना मन्त्री नियुक्त गरिएको दाबी गरे ।
‘उहा“हरू (आचार्य र थापा) ले हामी दुवै जना पार्टीको केन्द्रीय कमिटीमा पनि छौं, सभासद पनि छौं । त्यसैले अरू साथी मन्त्री हुन चाहन्छन् भने मौका दिंदा हुन्छ, हामी तयार छौं भन्नुभएको थियो । पार्टीले त्यही कारण उहा“हरूको सट्टामा अरू दुई जनालाई मन्त्री बनाएको हो’ ओलीको भनाइ उद्धृत गर्दै उनका स्वकीयसचिव इन्द्र भण्डारीले भने । 

No comments:

Post a Comment