Tuesday, September 2, 2014

विभिन्न संघसंस्थाद्वारा बाढीपीडितलाई १२ लाख सहयोग

काठमाडौं, १७ भदौ– विभिन्न संघसंस्थाले बाढी–पहिरो पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषलाई १२ लाख रुपैया“ सहयोग गरेका छन् । ती संघसंस्थाका प्रतिनिधिले सोमबार प्रधानमन्त्रीलाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
वल्र्ड लिङ कम्युनिकेसनले बाढीपीडितका लागि ५ लाख रुपैया“ सहयोग गरेको छ । कम्युनिकेसनका प्रवीण श्रेष्ठले सहयोग रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । मनाङ सामाजिक सेवा विकास समिति, मनाङ–मस्र्याङ्दी क्लब, न्यासाङ मनाङ वुमेन सोसाइटी र  मनाङ वुमेन इम्पावरमेन्ट संस्थाले एकमुष्ट ४ लाख २१ हजार रुपैया“ सहयोग गरेका छन् । मनाङ सामाजिक विकास सेवा समितिका अध्यक्ष मानबहादुर गुरुङले सहयोग रकम कोइरालालाई हस्तान्तरण गरेका थिए ।
टुरिज्म डेभलपमेन्ट बैकले बाढीपीडितलाई सहयोगार्थ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार रुपैया“ प्रदान गरेको छ । बैकका कार्यकारी अधिकृत मनोज खड्काले प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेका थिए ।

बाढीपीडितका लागि हिमशिखर सोसल कल्चरल सोसाइटीले १ लाख ३० हजार, सगरमाथा मर्चेन्ट बैकिङ एन्ड फाइनान्सले १ लाख ५ हजार ५ सय ५५, गामबेसी दोहोरी नाचघरले १ लाख १ सय ११, नवकाभ्रेली बचत तथा सहकारी संस्था महाबौद्धले ३० हजार, स्मरण बचत तथा सहकारी संस्था वागबजारले १६ हजार, काभ्रे समाजले ११ हजार १ सय ११,  काठमाडांै मुद्रण उद्योग संघले ११ हजार १ सय ११ र सुभाषचन्द केसीले सहयोग १० हजार रुपैया“ सहयोग प्रदान गरेका छन् ।

No comments:

Post a Comment