Saturday, September 13, 2014

प्रधानमन्त्रीको नेतृत्वमा २२ जना राष्ट्रसंघमा जाने

काठमाडौं, २७ चैत– ६९ औं संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा २२ सदस्यीय नेपाली टोली न्युयोर्क जाने भएको छ । मन्त्रिपरिषदको बिहीबार सा“झ बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको नेतृत्वमा महासभामा जाने भ्रमण टोली तय गरेको हो ।
प्रधानमन्त्रीले महासभामा असोज १० मा सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकाको भ्रमणकै क्रममा कोइरालाले आफ्नो क्यान्सर रोगको उपचारको फ्लोअपसमेत गराउने जानकारी प्रधानमन्त्री निकट स्रोतले दिएको छ ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, परराष्ट्रका कामु सचिव शंकर बैरागी, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, यूएन महाशाखा प्रमुख दीपक धिताल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराई, जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, प्रधानमन्त्रीका निजी चिकित्सक करवीरनाथ योगी, प्रेस संयोजक प्रकाश अधिकारी, दुई सुरक्षाकर्मीलगायत छन् । 

राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दिनेश भट्टराईसहित ६ जना अमेरिकाबाटै प्रधानमन्त्रीको टोलीमा सामेल हुनेछन् भने राससका पत्रकार नारायण न्यौपाने, नेपाल टेलिभिजनका क्यामरा पर्सन सुदीप न्यौपानेसमेत भ्रमण टोलीमा रहनेछन् ।
एआईजीमा बढुवा
मन्त्रिपरिषदले नेपाल प्रहरीको प्राविधिकतर्फका डीआईजी डा. सुमनसमसेर जबरालाई एआईजीमा बढुवा गरेको छ ।













No comments:

Post a Comment