Saturday, September 10, 2016

प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेद्वारा राजीनामा

नयाँ कार्यकारी निर्देशकमा घिसिङ नियुक्त हुने
काठमाडौं, २५ भदौ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले शुक्रबार पदबाट राजीनामा दिएका छन् । उनले बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी राजिनामापत्र बुझाएका हुन् ।

ऊर्जामन्त्री जनार्दन शर्माले काफ्लेलाई आफ्नो कार्यकक्षमा बोलाई पटकपटक राजीनामा दिन दबाब दिंदै आएका थिए । प्रत्युत्तरमा काफ्लेले आफू खुला प्रतिस्पर्धाबाट नियुक्त कार्यकारी निर्देशक भएकाले पदावधिभर बस्न दिनुपर्ने अडान राख्दै आएका थिए । उनको पदावधि आगामी मंसिर ८ सम्म थियो ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकमा ऊर्जामन्त्री शर्माले काफ्लेलाई हटाउन प्रस्ताव गरेका थिए । कांग्रेसका मन्त्रीहरूले तीन महिनामात्र पदावधि बा“की रहेका काफ्लेलाई हटाउन नहुने अडान राखेपछि त्यसबारेमा बारेमा निर्णय हुन सकेको थिएन । बैठकमा प्रधानमन्त्री दाहालले निष्काशन गर्नुभन्दा आफूले नै काफ्लेलाई बोलाएर निकास खोज्ने आश्वासन मन्त्रिपरिषदलाई दिएका थिए ।
प्रधानमन्त्री र ऊर्जा मन्त्रीको आफूलाई हटाउने मनसाय बुझेपछि काफ्लेले शुक्रबार राजीनामा दिएको जानकारी स्रोतले दिए । स्रोतका अनुसार  ऊर्जा मन्त्री शर्माले प्राधिकरणका उच्च अधिकारी कुलमान घिसिङलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने तयारी गरेका छन् ।

No comments:

Post a Comment