Friday, September 23, 2016

सरकार सीईओ ज्ञवालीको कामप्रति असन्तुष्ट

काठमाडौं, ७ असोज– मन्त्रिपरिषद बैठकले पुनर्निर्माण प्राधिकरण र त्यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीको कामकारबाहीप्रति असन्तुष्टि प्रकट गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकमा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र सरकारी भवनहरूको पुननिर्माण र पीडितहरूलाई घर पुननिर्माण अनुदान वितरणमा ढिलासुस्ती भएको र त्यसमा ज्ञवालीको असक्षमता जिम्मेवार रहेकोबारेमा छलफल भएको जानकारी रक्षामन्त्री बालकृष्ण खा“डले जानकारी दिए ।
‘मन्त्रिपरिषदमा पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीको असमक्षताका कारण यति लामो भइसक्ता पनि पीडितहरू सबैलाई घर पुननिर्माण अनुदान वितरण गर्न नसकिएको र क्षतिग्रस्त सांस्कृतिक सम्पदा र अरू भौतिक संरचनाको पुननिर्माण सुरु नै हुन नसक्ता सरकारप्रति आमजनतामा असन्तुष्टि बढिरहेकाबारेमा छलफल भयो’ खा“डले कान्तिपुरसित भने– ‘प्रधानमन्त्रीज्यूले यो गम्भीर विषय हो । म छिट्टै पुनर्निर्माण प्राधिकरण र सीईओको बारेमा छलफल गर्न निर्देशक समितिको बैठक बोलाएर छलफल गर्छु भन्नुभएको छ ।’

यसैबीच प्रधानमन्त्री दाहालले पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आइतबारका लागि बोलाएका छन् । बैठकमा प्राधिकरणको सुस्त कामकारबाहीको समिक्षा हुने क्षतिग्रस्त सम्पदा र सरकारी भवनहरूको पुननिर्माण र घर निर्माण अनुदान वितरण कार्य तीव्र गतिमा अघि बढाउनेबारेमा निर्णय हुने जानकारी स्रोतले दिए ।  
प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिको बैठकले निजी घर पुनर्निर्माणका लागि भूकम्पपीडितलाई थप एक लाख रुपैया“ अनुदान दिन कार्यविधि संशोधनलगायतका निर्णय गर्ने जानकारी स्रोतले दिए । प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गर्दै भूकम्पपीडितलाई सरकारले घर पुनर्निर्माण गर्न दिइने अनुदान २ लाखबाट बढाएर ३ लाख पु¥याउने घोषणा गरेका थिए । निर्देशक समितिले कार्यविधि संशोधन गरी निजी घर पुनर्निर्माण गर्न ३ लाख दिने र पहिलो, दोस्रो र तेस्रो किस्तामा कति कति रकम दिने भन्ने निर्णय गर्ने जानकारी स्रोतले दिए ।
 समितिले भूकम्पपीडित परिवारलाई ३÷३ लाख निब्र्याजी ऋण उपलब्ध गराउने, भूकम्पपीडितलाई पहिलो किस्ताको रकम उपलब्ध गराउनेसम्बन्धी ४५ दिने कार्य योजना र त्यसको प्रगतिको अवस्थालगायतका एजेन्डामा छलफल गर्ने जानकारी प्राधिकरण स्रोतले दिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक प्राधिकरण निर्देशक समितिको बैठक बस्न लागेको हो । निर्देशक समितिमा रहने मन्त्रीहरू प्रधानमन्त्रीले बैठक बस्नुअघि नै तोक्ने जानकारीसमेत स्रोतले दिए ।


No comments:

Post a Comment