Tuesday, September 13, 2016

दुइटा वाइड बडी जहाज खरिद गर्न अर्थले दियो सहमति

काठमाडौं, २८ भदौ– अर्थमन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई दुइटा वाइड बडी जहाज खरिद गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सहमति दिएको छ ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही र मन्त्रालयका उच्च अधिकारीले आइतबार अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटी दुइटा जहाज खरिदका लागि अर्थको सहमति दिन आग्रह गरेका थिए ।
प्रत्युत्तरमा अर्थमन्त्री महराले जहाज खरिद गर्न मन्त्रालयका तर्फबाट सहमति दिएको जानकारी पर्यटनमन्त्री शाहीले कान्तिपुरलाई दिए । ‘अर्थ मन्त्राालय निगमलाई जहाज खरिद गर्न आवश्यक रकम ऋण लिंदा जमानत बसिदिन तयार छ । जहाज खरिदको आवश्यक प्रक्रिया अघि बढाउनोस्’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै शाहीले भने ।

एकाध दिनमै अर्थले पर्यटन मन्त्रालयले लिखित पत्र पठाई दुइटा जहाज खरिदका लागि औपचारिक सहमति दिनेछ । दुइटा वाइड बडी जहाज खरिद गर्न करिब २५ अर्ब रुपैया“ लाग्ने अनुमान छ । सरकारको जमानीमा निगमले सञ्चय कोष, नागरिक लगानी कोषलगायतका वित्तीय संस्थास“ग ऋण लिई जहाज खरिद गर्नेछ । निगमले तीन वर्षअघि सरकारको जमानीमा सञ्चय कोषसित ऋण लिएर दुइटा न्यारो बडी जहाज खरिद गरेको थियो ।
पर्यटन मन्त्रालय र निगमले आगामी मंसिर दोस्रो साता दुइटा वाइड बडी जहाज खरिद गर्न टेन्डर आह्वान गर्ने योजना बनाएका छन् । योजनाअनुसार निगमले टेन्डरबाट छानिने कम्पनीसित फागुन दोस्रो साता जहाज खरिद सम्झौता नै गर्नेछ । ०७४ असोजमा पहिलो र चैतमा दोस्रो जहाज ल्याउने योजना पर्यटन मन्त्रालय र निगमको छ । 
 टेन्डर गर्दा एअर बस या बोइङ जुन सस्तोमा प्राप्त हुन्छ, त्यही जहाज निगमले खरिद गर्नेछ । दुई नया“ जहाज लामो र छोटो दुवै रुटमा खाडी मुलुक, अस्ट्रेलिया, जापान, कोरिया, चीन र भारतमा उडाउने योजना निगमको छ । दुई नया“ जहाज ल्याएपछि मुलुकमा विदेशी पर्यटकको आगमन ३० प्रतिशतभन्दा बढी बढ्ने दाबी पर्यटन मन्त्रालयको छ ।

No comments:

Post a Comment