Thursday, September 15, 2016

तीन सचिवको सरुवा

काठमाडौैं, ३० भदौ– सरकारले तीन मन्त्रालयका सचिव सरुवा गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले कृषि विकास मन्त्रालयका सचिव उत्तम भट्टराईलाई पशुपक्षी विकास मन्त्रालयमा सचिव गरेको छ ।
पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेललाई वन तथा भूसंरक्षण मन्त्रालयमा सारिएको छ । वन मन्त्रालयका उदयचन्द्र ठाकुरलाई कृषि विकास मन्त्रालयका सारिएको छ ।

सचिव सरुवा गर्दा एउटा मन्त्रालयमा अनुभव र विज्ञतालाई ध्यान दिइएको छ भने दुइटामा खिल्ली उडाइएको छ । वन विज्ञ सचिव पौडेलले वन मन्त्रालय नै पाएका छन् ।

 कृषि विज्ञ सचिव भट्टराईलाई पशुपक्षी मन्त्रालयमा र पशुपक्षी विज्ञ सचिव ठाकुरलाई कृषि मन्त्रालयमा लगिएको घटनालाई सरकारी अधिकारीहरूले नै आश्चर्यजनक निर्णयका रूपमा लिएका छन् ।

No comments:

Post a Comment