Monday, September 5, 2016

भूकम्पपीडितलाई थप १ लाख अनुदान

भूकम्पपीडितलाई घर पुनर्निर्माण गर्न प्रतिपरिवार ३ लाख अनुदान र निब्र्याजी ऋण २ लाख दिन सरकारले प्रक्रिया अघि बढाइसकेको छ : प्रधानमन्त्री 

  • कुल खर्च अनुमान 
  • अनुदानमा – १ खर्ब ९३ अर्ब ८० करोड 
  • निब्र्याजी ऋणमा – १ खर्ब २९ अर्ब २० करोड

काठमाडौं, २० भदौ– सरकारले भूकम्पपीडितलाई घर पुनर्निर्माण गर्न प्रतिपरिवार ३ लाख अनुदान र सामूहिक जमानीमा निब्र्याजी ऋण २ लाख रुपैया“ दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार भूकम्पबाट सबभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकका सांसदहरूको ज्ञापनपत्र बुझै सरकारले भूकम्पपीडितलाई थप राहत दिन घर निर्माणको अनुदान २ लाखबाट बढाएर ३ लाख पु¥याउन प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । 
दाहालका अनुसार भूकम्पपीडित परिवारलाई घर पुननिर्माण गर्न यसअघि सामूहिक जमानीमा दिइने भनिएको ३ लाख रुपैया“ सहुलियतपूर्ण ऋण भने घटाएर २ खाल रुपैया“ दिइनेछ । भूकम्पपीडितलाई थप राहत होस् भनेर सामूहिक जमानीको ऋण १ लाख घटाएर त्यसलाई अनुदानका रूपमा थप्ने प्रक्रिया सरकारले अघि बढाइसकेको जानकारी दिए ।
सिन्धुपाल्चोकका सांसदहरू कांग्रेसका मोहन बस्नेत, एमालेका अमृतकुमार बोहरा र तामाङ, माओवादी केन्द्रका अग्नि सापकोटा र राप्रपाका रमेश लामासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटी सबभन्दा बढी प्रभावित जिल्लाको भूकम्पपीडितको अवस्था अवगत गराई छिटो राहत दिन र अनुदान रकम ५ लाख रुपैया“ पु¥याउन माग गरेको थियो ।

 ‘सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्ने सबै सांसदले आइतबार सामूहिक रूपमा प्रधानमन्त्रीलाई भेटी भूकम्पपीडितलाई घर पुनर्निर्माण अनुदान ५ लाख पु¥याउन माग ग¥यौं, प्रधानमन्त्रीले भने ३ लाख अनुदान दिन सरकारले प्रक्रिया अघि बढाइसकेको हामीलाई जानकारी गराउनुभयो’ तामाङले कान्तिपुरसित भने ।
प्रधानमन्त्री दाहालका अनुसार अनुदान र निब्र्याजी ऋणका अलावा भूकम्पपीडितलाई धितो राखी घर पुननिर्माण गर्न उपत्यकाभित्र २५ लाख र बाहिर १५ लाख रुपैया“ सहुलियतपूर्ण ऋण दिने सरकारको पूर्व निर्णय भने यथावत राखिनेछ ।
उपत्यकाबाहिरका ११ जिल्लामा भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका घर ५ लाख ३३ हजार छन् । सरकारले तथ्यांक विभागमार्फत् गराएको सर्वेक्षणबाट हालै यो तथ्यांक निस्केको हो । उपत्यकाका तीन जिल्लामा भूकम्पबाट १ लाख १३ हजार घर पूर्ण रूपमा भत्केको प्रारम्भिक तथ्यांक छ । यी जिल्लामा सरकारले यकिन तथ्यांक निकाल्न विभागमार्फत् सर्वेक्षण सुरु गरिसकेको छ । सर्वेक्षणबाट उपत्यकामा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको तथ्यांक घटबढ हुन सक्छ ।
उपत्यकाको संख्याले केही घटबढ हुन सक्ने भए पनि भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका घरको कुल संख्या हालको तथ्यांकअनुसार ६ लाख ४६ हजार छ । सरकारले ६ लाख ४६ घर पुननिर्माण गर्न प्रतिपरिवार तीन÷तीन लाख अनुदान दिंदा १ खर्ब ९३ अर्ब ८० करोड रुपैया“ खर्च लाग्नेछ ।  
२ लाखका दरले दिंदा भने घर पुननिर्माण अनुदानमा १ खर्ब २९ अर्ब २० करोड रुपैया“ खर्च हुने अनुमान थियो । सरकारले करिब २ लाख ७० हजार परिवारलाई घर पुनर्निर्माण गर्न पहिलो किस्ताबापत ५० हजार रुपैया“ दिइसकेको छ । पहिलो किस्ता दिंदा हालसम्म १३ अर्ब ५० करोड रुपैया“ खर्च भइसकेको छ । सरकारले भूकम्पपीडितलाई घर पुननिर्माण गर्न दिने अर्को सहुलियतस्वरूप सामूहिक जमानीमा २ लाखका दरले निब्र्याजी ऋण दिंदा थप १ खर्ब २९ अर्ब २० करोड रुपैया“ खर्च हुनेछ ।
दाहालले भूकम्पपीडितलाई तत्काल एक लाख थपेर तीन लाख अनुदान र २ लाख निब्र्याजी ऋण गरी ५ लाख रुपैया“ उपलब्ध गराउन सरकारले प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको ज्ञापनपत्र बुझाउन गएका एमाले सांसद शेरबहादुर तामाङले दिए । तामाङका अनुसार प्रधानमन्त्रीले अबको एक÷डेढ साताभित्रै सरकारले भूकम्पपीडितलाई थप राहत दिने विषयमा निर्णय गर्ने जानकारी दिएका थिए ।
प्रधानमन्त्रीले कोही पनि वास्तविक भूकम्पपीडित राहत पाउनबाट वञ्चित नहुने आश्वासन दिए । उनले छुट भएका भूकम्पपीडितको नाम संकलनका लागि प्रक्रिया सुरु गर्न सरकारले निर्देशन दिइसकेको जानकारी गराए । दाहालले सिन्धुपाल्चोकलगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति सरकार गम्भीर रूपमा लागिरहेको जानकारी प्रतिनिधिमण्डललाई गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिनिधिमण्डलले सिन्धुपाल्चोकबासीको आर्थिक मेरुदण्डका रूपमा रहेको तातोपानी नाका बन्द भएको र अरनिको लोकमार्ग ठाउ“ठाउ“मा भत्किएको जानकारी गराउ“दै तत्काल नाका खोल्न र अरनिको लोकमार्गको मर्मत गर्न प्रधानमन्त्रीलाई दबाब दिएका थिए । 
प्रतिनिधिमण्डलका अनुसार अरनिको लोकमार्ग पुननिर्माण गर्न चीनले ११ अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । चिनिया“ सहयोग लिएर सरकारले उक्त लोकमार्ग निर्माण कार्य छिटो अघि बढाउन प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । प्रत्युत्तरमा प्रधानमन्त्रीले अरनिको लोकमार्गको मर्मत र तातोपानी नाका खोल्न आफूले पहल गरिरहेको आश्वासन दिएका थिए ।



No comments:

Post a Comment