Monday, September 19, 2016

इन्जिनियर्स एसोसिएसनमा लोकतान्त्रिक समूह विजयी

काठमाडौं, ३ असोज– नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिमा कांग्रेस निकट लोकतान्त्रिक समूह विजयी भएको छ ।
 आइतबार सम्पन्न मतगणना परिणामअनुसार अध्यक्षमा हरेराम श्रेष्ठ, उपाध्यक्षमा उमाशंकर साह, महासचिवमा उमेश थानी, उपमहासचिवमा रविभुषण झा र कोषाध्यक्षमा सुशन वैद्य निर्वाचित भएका छन् । एसोसिएनको १० सदस्यमा नौ जना लोकतान्त्रिक समूहका निर्वाचित भएका छन्, एक सिट एमाले निकट पेशागत समूहले जितेको छ । 

एसोसिएसनबाट इन्जिनियर्स काउन्सिलमा प्रतिनिधित्व गर्ने पा“चै जना सदस्यमा समेत लोकतान्त्रिक समूहका उम्मेदवार निर्वाचित भएका छन् ।

No comments:

Post a Comment