Friday, September 16, 2016

महिला संघमा पनि देउवा र पौडेल पक्षधरबीच नै प्रतिस्पर्धा

५६ पदका लागि १ सय ३३ उम्मेदवार
काठमाडौं, ३१ भदौ– कांग्रेसका भ्रातृ संस्था नेपाल महिला संघको तेस्रो महाधिवेशनमा अध्यक्षसहित केन्द्रीय समितिको ५६ पदका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ रामचन्द्र पौडेल पक्षधरले पूरै प्यानल बनाएर प्रतिस्पर्धा गर्दैछन् । नेतृत्व चयन गर्न शुक्रबार बिहान साढे ९ देखि साढे ४ बजेसम्म मतदान हु“दैछ ।
देउवा पक्षबाट अध्यक्षमा उमा रेग्मी, महासचिवमा धना खतिवडा, कोषाध्यक्षमा जानकीदेवी सिंहसहित ५६ जनाले नै उम्मेदवारी दिएका छन् । पौडेल पक्षबाट अध्यक्षमा मिना पाण्डे, महासचिवमा गोमा केसी, कोषाध्यक्षमा कुसुम थापा मगरसहित ५६ जनाले नै उम्मेदवारी दिएका छन् ।

संघको नेतृत्व कब्जा गर्न देउवा पक्ष र पूर्वमहामन्त्री कृष्ण सिटौला समूहले गठबन्धन बनाएर संयुक्त प्यानल बनाएका छन् । देउवा पक्षबाट महासचिवमा उम्मेदवारी दिएकी खतिवडा सिटौला समूहकी नेतृ हुन् । महासचिवमा कुनै प्यानलबिना नै किरणकुमारी सरकारले समेत उम्मेदवारी दिएकी छन् ।
नेतृत्वका लागि देउवा र पौडेल पक्षधर प्यानलबीच कडा प्रतिस्पर्धा रहेको महाधिवेशनका सहभागीहरूले जनाएका छन् । अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा दुई तथा खुला, प्रदेश, दलित, जनजाति, मधेसी र मुस्लिम केन्द्रीय सदस्यमा १ सय २६ गरी १ सय ३३ जनाको उम्मेदवारी परेको छ ।
संघको विधानअनुसार अध्यक्ष एक, महासचिव एक, कोषाध्यक्ष एक, खुला केन्द्रीय सदस्य २२, सात प्रदेशबाट २१, दलित ३, आदिवासी जनजाति ३, मधेसी ३ र मुस्लिम १ पदमा निर्वाचन हु“दैछ । 
माधिवेशनमा २ हजार १ सय ६५ प्रतिनिधिले भाग लिएका छन् । विद्युतीय यन्त्रबाट मतदान हुने भएकाले शुक्रबार बेलुकी नै मत परिणाम सार्वजनिक हुने सम्भावना छ । २००४ साल साउन २४ मा स्थापना भएको संघको हालसम्म २०५८ मा विराटनगरमा पहिलो र २०६४ मा काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो । 


No comments:

Post a Comment