Wednesday, September 28, 2016

प्रधानमन्त्रीद्वारा महानिरीक्षकको गाडी ‘कब्जा’

काठमाडौं, १२ असोज– प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन् । दाहालले साउन १९ मा प्रधानमन्त्री हुनासाथ प्रधान कार्यालयबाट अर्यालले चढै आएको ‘ल्यान्ड क्रुजर अमाजन’ जिप झिकाएर चढ्न थालेका हुन् ।
यो अमेरिकी दुतावासले प्रहरी महानिरीक्षकको सुरक्षाका लागि निःशुल्क उपहारमा दिएको गाडी हो, त्यतिबेला महानिरीक्षक श्यामभक्त थापा थिए । प्रधानमन्त्री दाहालले आफ्नो ‘ल्यान्ड क्रुजर अमाजन’ लगेर चढेपछि महानिरीक्षक अर्यालले बुलेट प्रुफरहित सामान्य ल्यान्ड क्रुजर गाडी चढ्न थालेका छन् ।

महानिरीक्षकको यो गाडी हडप्ने दाहाल पहिलो प्रधानमन्त्री होइनन् । उनका पूर्ववर्ती प्रधानमन्त्री केपी ओलीले समेत उक्त गाडी हडपेर कार्यकालभरि चढेका थिए । ओलीले आफू प्रधानमन्त्री हुनासाथ महानिरीक्षक अर्यालको फुल बुलेट प्रुफ गाडीमा आ“खा लगाई हडपेर चढेका थिए । ओलीले सुरुमा अर्यालसित एक साताका लागि भनेर उक्त गाडी मागेको, तर आफ्नो कार्यकालभर फिर्ता नगरेको जानकारी स्रोतले दियो ।
ओलीले राजिनामा दिनासाथ उक्त गाडी प्रहरी प्रधान कार्यालयमै फिर्ता भई पुनः अर्यालले चढ्न थालेका थिए । दाहालले पदबहाली हुनासाथ उक्त गाडी मगाएर पुनः चढ्न थालेका हुन् । ‘ओलीले कुन गाडी चढेका थिए, त्यो कहा“ छ भनेर प्रधानमन्त्रीज्यूले सोध्नुभयो, हामीले महानिरीक्षक अर्यालको गाडी चढ्नु हुन्थ्यो, ओलीले राजिनामा दिनासाथ प्रहरी प्रधान कार्यालयमा फिर्ता गएको छ भनेर जानकारी दियौं’ मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले भने– ‘प्रधानमन्त्रीज्यूले त्यही गाडी मगाउनोस् भन्नुभयो, हामीले मगाइदियौं, त्यही गाडी चढिरहनुभएको छ ।’







No comments:

Post a Comment